• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तिलगंगा आँखा सेन्टर रुपनगरको बार्षिक समिक्षा बैठक सम्पन्न 

तिलगंगा आँखा सेन्टर रुपनगरको बार्षिक समिक्षा बैठक सम्पन्न 
उत्तम आचार्य 
कन्चनरुप , १९ कात्तिक ।
तिलगंगा कन्चनरुप सर्जिकल आँखा सेन्टर रुपनगरको बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । कञ्चनरुप नगरपालिका ९ नम्बर वडा कार्यालयको सभाहलमा बुधबार  नगर प्रमुख ललनप्रसाद गुप्ताको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै नगर प्रमुख गुप्ताले तिलगंगाको युनिट यहाँ स्थापना हुनु कन्चनरुपको मात्र नभएर सप्तरी जिल्लाकै गौरवको विषय रहेको बताए । समाजमा तिलगंगा रहनु पर्ने बताउदै आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।
समाजमा अहिलेको अवस्थामा सेवा दिने मानिस कम रहेको र अहिले सकारात्मक कुरालाई भन्दा नकारात्मक कुरालाई बढि प्रसय दिने गरेको उनले बताए ।  उनले अहिले राम्रो काम गर्नेलाई होच्याउने , बदनाम गर्ने कुराहरु बढी भएको भन्दै  दुख ब्यक्त गरे ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका बाह्य कार्यक्रम बिभागका हरिबहादुर कार्किले हालसम्म सर्जिकल आँखा सेन्टर रुपनगरमा करिव ४ हजार मोतिबिन्दुको बिरामीहरुको नि:शुल्क रुपमा शल्यक्रिया मार्फत सफल रुपमा उपचार गरिएको बताए ।
नेपालमा १ लाखभन्दा बढी मानिसमा अन्धोपन रहेको , बढी मानिसमा नजिकको चश्मा लाउनु पर्ने देखिएको , खासगरी तिलगंगाले मोतिबिन्दुको बिरामीहरुलाई फोकस गरि कार्य गरिरहेको , शहरमा बिरामीहरुको पहुँच बढी भएको , ग्रामीण क्षेत्रमा पहुँच कम भएकोले हामीले ग्रामीण क्षेत्रलाई फोकस गरि काम गरि रहेको र अन्धोपनलाई निवारण गर्ने तिलगंगाको मुख्य उदेश्य रहेको उनले जानकारी गराए ।
कार्यक्रममा , वडा अध्यक्षहरु , ईलाका प्रशासन कार्यालयका प्रतिनिधि , ईलाका प्रहरी कार्यालयका प्रतिनिधि , स्वास्थ्य शाखाका प्रतिनिधि , स्थानीय संचारकर्मी ,समाजसेवी , स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।