उत्तम आचार्य
कन्चनरुप , १७ कात्तिक ।
नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले देश दलदलमा फसि रहेको बेला एमालेका नेता कार्यकर्ताले टुलुटुलु हेरेर बस्ने बेला नभएको बताएका छन्। सप्तरीको कन्चनरुप ९ स्थित फुलबारी पार्टी प्यालेसमा समोबार सम्पन्न नेकपा एमाले सप्तरी क्षेत्र नम्बर १ को बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित बैठकलाई सम्बोधन गर्दै नेता प्याकुरेलले अहिले देश दलदलमा फसि रहेको बेला एमालेका नेता कार्यकर्ताले टुलुटुलु हेरेर बस्ने बेला होइन , रास्ट्रलाई संकटबाट मुक्त गर्न र पार्टीलाई देशीविदेशी शक्तिहरूको घेराबन्दी बाट मुक्त गर्न पार्टीका सवै तह र तप्कामा रहेका सिपाहीहरु एक जुट भएर अगाडि बढनु पर्ने बताए ।
एमालेको सरकारको पालामा भएका राम्रा कामले गर्दा अब नेपालमा बिकासले तिब्रता लिन्छ र अबिकसित रास्ट्रबाट बिकसित रास्ट्र तर्फ अगाडि बढछ भन्ने डरले देशीविदेशी शक्तिहरु एमाले र एमालेको अध्यक्षलाई घेराबन्दीमा पार्न लागि परेको प्याकुरेलले बताए ।
केन्द्रिय सल्लाहकार सचिवालय सदस्य सत्यनारायण मण्डल , केन्द्रिय सल्लाहकार गंगा प्रसाद यादव लगायतका वक्ताहरूले पार्टी संगठनलाई सुदृढ बनाउदै अहिले जेन्जिको नाममा देशीविदेशी शक्तिहरु उक्साहटमा नेपालको अस्तित्व प्रति आच आउने काम भइ रहेको छ त्यसलाई भण्डाफोर गर्दै अगाडि बढन कार्यकर्तालाई निर्देशन दिए ।
पार्टी सचीव देवनाथ यादवले कार्यक्रमको उदेश्यको बारेमा जानकारी गराएका थिए ।
केन्द्रिय सर्कुलर अनुसार २२ गते जिल्लाको सबै वडामा वडा भेला , २५ गते सबै पालिकामा पालिका भेला र २९ गते जिल्ला भेला जन प्रदर्शन गर्ने सचीव यादवले बताए ।
सोही बैठकले क्षेत्रीय संयोजकमा राजकुमार साह र सचीवमा सरोज राना मगरलाई जिम्मेवारी दिएको छ ।
सचीव सरोज राना मगरद्धारा संचालित कार्यक्रममा स्वागत क्षेत्रीय संयोजक राजकुमार साहले गरे ।