• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

नगर प्रमुखको दुर्व्यवहारप्रति कञ्चनरुपका पत्रकारहरुको आपत्ति 

नगर प्रमुखको दुर्व्यवहारप्रति कञ्चनरुपका पत्रकारहरुको आपत्ति 
उत्तम आचार्य
कञ्चनरुप, २९ असोज ।
अवलोकित दैनिकका सम्वाददाता अनिश शेखमाथि भएको दुर्व्यवहारको घटना प्रति सप्तरीका कञ्चनरुप नगरपालिकाका पत्रकारहरुले आपत्ति जनाएका छन् । बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख ललन प्रसाद गुप्ताको कार्यशैलीप्रति विरोध जनाएका हुन् । 
  
मंगलबारको दिउँसो कञ्चनरुप नगरपालिका कार्यालय परिसरमा शिक्षक र कर्मचारीहरू तलबसम्बन्धी मागसहितको आन्दोलनको समाचार संकलनको क्रममा  नगर प्रमुख गुप्ताले अभद्र व्यवहार गरेको शेखले बताए  
नगर प्रमुख गुप्ताले “तिमी कुन पत्रकार हौ? तालिम कहाँबाट लिएको हौ?” भन्दै दुर्व्यवहार गरेको शेखले जानकारी दिए । 
अनिशका अनुसर मोबाइल खोस्न नगर प्रहरीलाई आदेश दिँदै उनले आफैं पनि जबर्जस्ती भिडियो डिलिट गर्न लगाएका थिए।  उनले  हातपात— गलहत्याउँदै कार्यालय बाहिर निकालेर प्रेस कार्डसमेत च्याती दिएको बताए ।
 घटनाको कञ्चनरुपका सञ्चारकर्मीहरूले कडा शब्दमा बिरोध गर्दै घोर  निन्दा गरेका छन् । “पत्रकारमाथि भएको दुर्व्यवहारले न केवल अनिशको आत्मसम्मानमाथि प्रहार गर्‍यो, बरु सम्पूर्ण पत्रकार समुदाय र लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै चोट पुर्‍यायो।” जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
दोषी नगर प्रमुखमाथि तत्काल कानूनी कारबाही, संलग्न नगर प्रहरीमाथि पनि कार्यवाही, र पत्रकारहरूले स्वतन्त्र र सुरक्षित रूपमा काम गर्न पाउने सुनिश्चितता गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।