न्यूज टुडे
राजविराज, २१ असोज ।
अग्नीसाइर कृष्णासवारन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधारीसहित जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । समितिका अध्यक्ष अरुण कुमार चौधारीको अध्यक्षतामा अग्नीसाइर कृष्णासवारन गाउँपालिकाका ४ मा मंगलबार आयोजित बैठकले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने लगायतका निर्णय गरेको हो ।

वैठकले तुलसी थारुलाई प्रवक्ताको जिम्मेवारी दिने, अग्नीसाइर कृष्णासवारन गाउँपालिका १ स्थित जन्डोलमा सार्वजनिक घरमा गापा अध्यक्षले राखेको सचिवालय खारेज गर्नुपर्ने, आन्दोलनमा जेनजी पुस्ताका उमेर समूहकालाई सक्रिय सहभाितामा गराउने, गाउँपालिका अगाडि मंगलवार ३ बजेदेखि अनिश्चतकालीन धर्ना बस्ने कार्यकम सुरु गर्ने निर्णय भएको अध्यक्ष चौधारीले जानकारी दिए ।

यस अघि संघर्ष समितिको जारी आन्दोलन दशैं विदासँगै स्थगित गरिएको थियो ।