न्यूज टुडे
राजविराज,१७ असोज ।
पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको तिरहुत गाउँपालिका १ धनपुरीमा शुक्रबार हाइसको ठक्करबाट एक बृद्वाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय स्व. देवन पंजियारको श्रीमती अन्दाजी बर्ष .७०/७५ की जगिया देबी पंजियारको मृत्यु भएको हो ।
काठमाण्डौबाट धरानतर्फ जादै गरेको बा. प्र ०३-००१ ख २५८२ नम्बरको हाईसले बाटो क्रस गरिरहेकी पैदल यात्री पंजियारलाई ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन् ।
हाइसको ठक्करबाट शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाइते भएकी उनलाई इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेको कमाण्डमा १५ जनाको टोली र भारदह सशस्त्र बेश क्याम्पबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ७ जना गरी २२ जनाको प्रहरी टोलीले तत्कालै उद्वार गरि उपचारको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
उपचारको लागि बिराटनगर स्थित बिराट नर्सिङ होममा भर्ना गरिएपनि १९:३५ बजेको समयमा इसिजी गर्दा उनलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
मृतक पंजियारको शव सोही अस्पतालमा रहेको तथा हाईस र हाईस चालक जिल्ला धादिङ बेनिरोराङ गा.पा. ४ बस्ने अन्दाजी बर्ष ४० को मदन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान कार्य भरहेको डिएसपी काफ्लेले जानकारी दिए ।