न्यूज टुडे
राजविराज,१५ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा रहेको प्रसिद्ध शक्तिपीठ कंकालिनी मन्दिरमा बुधवार पुष्पवृष्टी गरिएको छ । नेपाली सेनाको सहयोगमा हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको हो ।
विगत वर्षहरुमा जस्तै यसपालि पनि महानमीको अवसरमा नेपाली सेनाको सहयोगमा मन्दिरमा सेनाको हेलिकप्टरबाट पुष्प वृष्टी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
महानवमीका दिन सयौको सख्यामा राँगो र बोका वाली दिने यस मन्दिरमा ६ सयबढी राँगो दर्ता भई सकेको तथा अन्य दर्ता गर्ने क्रममा जारी रहेको मन्दिर व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए ।