• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाली समाज क्यानसस अमेरिकाको अध्यक्षमा राजविराजका कुमार गौरव

नेपाली समाज क्यानसस अमेरिकाको अध्यक्षमा राजविराजका कुमार गौरव
न्यूज टुडे
राजविराज,१४ असोज ।  
क्यानसस सिटी नेपाली समाज क्यानसस अमेरिकाको अध्यक्षमा कुमार गौरव चयन भएका छन्। अमेरिकाको ओभरल्याण्ड पार्क क्यानससमा शनिवार सम्पन अधिवेशनबाट गौरवको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । 
राजविराज ६ निवासी गौरव पूर्व मेयर एबम् जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य शैलेश चौधरीका भातिज हुन्। 
क्यानसस सिटी नेपाली समाजले आयोजना गरेको दशैं विषेश कार्यक्रममा नवनिर्वाचित कार्यसमिति घोषणा  गरेको अमेरिकामै रहेका नेता चौधरीले जानकारी दिए । 
उनका अनुसार गठित समितीको उपाध्यक्ष शंकर पौडेल, महासचिव अनिल थापा, सचिव सञ्जिव पाठक, कोषाध्यक्ष विनिता अधिकारी चयन भएका छन् । 
यसैगरी  समितिको सदस्यहरुमा सिर्जना उप्रेती, रिना श्रेष्ठ, मकेश्वर राय, दिपा विष्ट र लालवावु ठाकुर रहेका छन्।
कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य एवम् गायनको प्रस्तुतीसँगै, शेर्पा, तामाङ,मगर, गुरुङ, राई, लिम्बु, थारु, मिथिला र क्षेत्री लगाएत विभिन्न नेपाली समूदायको र्याम्प वाक समेत प्रस्तुत गरिएको थियो ।
निवर्तमान अक्ष्यक्ष कुवेर दाहालले नेपाली समाजलाई सहयोग गर्ने सम्पुर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ कार्यसमितिलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
विगत छ वर्षदेखि नेपाली समाजका विभिन्न पदमा रही सेवा गर्दै आएका पेशाले कम्प्युटर ईन्जीनिएर नव निर्वाचित कुमार गौरवले आगामी दिनमा पनि नेपाली समाजलाई सबै नेपालीको साथ सहयोगको अपेक्षा गरेको बताउदै नेपाली समाजलाई सहयोग गर्ने सम्पुर्ण व्यक्तित्व एबम् वर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै मायाको चिनो प्रदान गरे।
हेरक वर्ष नेपाली समाजले दशैंको अवसर पारेर गर्दै अएको दशैं विशेष कार्य्रक्रममा यस वर्ष करिव ४ सय नेपाली परिवारले सहभागिता जनाउनुको साथै विजयादशमीको शुभकामना समेत आदान प्रदान गरेका थिए। । 
कार्यक्रम सञ्चालन नेपाली समाजका दोस्रो पुस्ताबाट परिशा चालिसे र सेजल अधिकारीले गरे ।