• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा अध्याधिक गर्मीसँगै सर्पको विगविगी

सप्तरीमा अध्याधिक गर्मीसँगै सर्पको विगविगी
न्यूज टुडे
 राजविराज, १४असोज।
सप्तरीमा केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण सर्पको विगविगी बढेको छ । असोज लागेपछि चर्को घामसँगै बढेको गर्मीले जनजीवन अति प्रभावित भएको हो ।
सहनै नसक्ने घामले गर्दा मानव तथा जीवजन्तुमा पनि उतिकै कठिनाइ भएको छ । सर्प सहितका माटोमुनी बस्ने जीवजन्तु बाहिर निस्किन थालेको छ । यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालीका ९ मा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । ३६ वर्षीया लल्तो सदाको सर्पदंशबाट मृत्यु भएको हो ।
भारतको मधुबनी जिल्ला घर भई हाल माईती घरमा पाहुना आएका उनलाई सोमबार राति करिब १२ बजेतिर   सर्पले रोकेको दाजु श्रवण सदाले बताए ।
घरमा खाना खाइरहेका बेला दुल्लोबाट निस्किएको सर्पले बहिनीको खुट्टामा टोकेपछि  घाइते भएको उनले बताए । उनले घाइते बहिनीलाई तत्कालै कल्याणपुरस्थित श्री बरखगण सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको बताए । 
कल्याणपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिरहाको लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान करिब ४ बजे बहिनीको ज्यान गएको उनले जानकारी दिए । 
सदाको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
असोज महिनामा यसपालि इतिहासमै सबैभन्दा बढी गर्मी महसुस भएको रूपनी गाउँपालिका ६ का ७५ वर्षिय टङ्गक वहादुर मगरले बताए।