• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोडेल क्याम्पसका पूर्वविद्यार्थीद्वारा शुभकामना आदानप्रदान

मोडेल क्याम्पसका पूर्वविद्यार्थीद्वारा शुभकामना आदानप्रदान
न्यूज टुडे
राजविराज, ११ असोज ।
राजविराज मोडेल क्याम्पसमा बडा दशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।  २०५९-२०६५ को ब्याचका विद्यार्थीहरुले शनिबार दशैको  अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
व्याचिहरुले विजया दशमी, दीपावली, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जनाएको छ  ।
 ब्याचका विद्यार्थी एबम् घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रेखा यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा तत्कालीन प्राध्यापकहरू रित नारायण साह, रामचन्द्र यादव, दीपेन्द्र ठाकुर, गुञ्जेश्वर साह, राम नरेश दास, धीरेन्द्रप्रसाद साह लगायतले सबैको परिवारमा सुख, शान्ति, समृद्धि छायोस् भने शुभकामना दिए । 
कार्यक्रममा उक्त ब्याचका विद्यार्थीहरु प्रमोद यादव, महेश साह, अरुण कुमार यादव, वरुण मण्डल, अनिल कुमार मण्डल, दिनेश ठाकुर, अरहुल साह, ममता यादव, श्याम कुमार ठाकुर, कमल नारायण साह, चुनचुन यादव, शशीभूषण यादव, समेतले  समेत शुभकामाना मन्तब्य ब्यक्त गरे। 
उक्त व्यचका विद्यार्थीहरुले विगत चार वर्षदेखि यस्तो कार्यक्रम  निरन्तर आयोजना गर्दै आएको छ।