• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पत्रकार आचार्यसहित ५ जना सम्मानित
न्यूज टुडे
राजविराज,११ असोज ।
बुढ्यौली साहित्य समाज सप्तरी तथा अधिबक्ता सुरेशकुमार पोखरेलद्वारा पत्रकार उत्तम आचार्यसहित ५ जनालाई सम्मान गरेको छ ।  अधिवक्ता पोखरेल र मञ्जु  कार्की दम्पतिद्वारा प्रकाशित छन्द कविता संग्रह ‘ काव्यशतक” विमोचन कार्यक्रममा ऊनीहरुलाई सम्मान गरिएको हो । 
काव्यशतक विमोचन कार्क्रममा मञ्चसीन प्रमुख अतिथीसहित अतिथिगण। फोटो: न्यूज टुडे
बुढ्यौली साहित्य समाज सप्तरी तथा अधिबक्ता सुरेशकुमार पोखरेलद्वारा सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा शनिबार आयोजित “काव्यशतक” विमोचन समारोहमा पत्रकार आचार्य, देव नारायण श्रेष्ठ, विमला श्रेष्ठ,चन्द्र नारायण विश्वकर्मा,जित बहादुर विश्वकर्मालाई नगद पुरस्कारसहित टीका कपडा प्रदान गरि सम्मान गरिएको थियो । 
पत्रकार आचार्यले समाचारको माध्यमबाट रुपनगरलाई देश विदेशमा चिनाउन  अतुलनीय योगदान गरेको भन्दै सम्मान गरिएको अधिवक्ता सुरेशकुमार पोखरेलले बताए । 
यसैगरी अन्य  सम्मानित व्यक्तित्वहरुले आमाबुवाको सपना साकार पार्न विभिन्न माध्यमबाट सहयोग पुर्‍याइ  यो सफलता हाँसिल भएकोले समाजलाई प्रेणा दिने अतुलनीय योगदान गरेकोले सम्मान गरिएको पोखरेलले बताए । 
समाजमा उदाहरणीय कार्य गरेपनि सधै ओझेलमा परेकाको गाउँमा लुकीछिपी बसेका क्षमतालाई उजागार गर्दै उनीहरुको कार्यको उच्च मुल्यांकन गरि सम्मान गरेको पोखरेलले भनाइ छ ।  
छन्द कवि समाजसेवी मेघराज पौडेलको अध्यक्षता तथा मधेसी आयोगका कार्यबाहक अध्यक्ष जीवछ साहको प्रमुख आतिथ्यमा छन्द कविता संग्रह ‘ काव्यशतक” विमोचन कार्यक्रममा  प्रमुख अतिथि साह,कन्चनरुप नगरपालिकाका पूर्व मेयर  वसन्त मिश्र ,डा. लेखराज खतिवडा, पत्रकार बृजमान तामाङ,  छन्द कवि रोमा लम्साल, हरिशरण खतिवडा,लाक्षेन्द्र खत्रीलगायतले कविता बाचन गर्नुकोसाथै शुभकामना मन्तव्य व्यक्त गरे । 
काव्यशतकका प्रकाशक अधिवक्ता सुरेशकुमार पोखरेलद्वारा संचालित कार्यक्रममा स्वागत रुपनगार नन्दराज संग्रौला क्याम्पस संचालक समितिका अध्यक्ष गिरीराज संग्रौलाले गरे । 
कार्यक्रममा छन्द कविहरु, शिक्षक स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार, समाजका विद्वान व्यक्तित्वहरुको उपस्थिति थियो ।