• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छन्द कविता संग्रह ‘ काव्यशतक” विमोचन
ऊत्तम आचार्य
कञ्चनरुप,११ असोज ।
अधिवक्ता  शुरेश कुमार पोखरेल र मञ्जु  कार्की दम्पतिद्वारा प्रकाशित छन्द कविता संग्रह ‘ काव्यशतक” विमोचन गरिएको छ । बुढ्यौली साहित्य समाज सप्तरी तथा अधिबक्ता सुरेशकुमार पोखरेलद्वारा सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा शनिबार आयोजित एक समारोहका वीच “काव्यशतक” विमोचन गरिएको हो । 
कार्यक्रमा सहभागीहरु ।फोटो: न्यूज टुडे
छन्द कवि समाजसेवी मेघराज पौडेलको अध्यक्षता तथा मधेसी आयोगका कार्यबाहक अध्यक्ष जीवछ साहको प्रमुख आतिथ्यमा छन्द कविता संग्रह ‘ काव्यशतक” विमोचन गरिएको थियो । 
क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साह, पेशल कुमार जोशी,डा. लेखराज खतिवडा, नन्द प्रसाद गजुरेल,  तिर्थराज पोखरेल,देवी बहादुर खत्री, सुबोध आचार्यले सामुहिक रुपमा विमोचन गरे । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष साहले कविता संग्रहले कुसंस्कार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले समाजमा बढ्दै गरेको कुरिती र कुसंस्कारलाई निरुत्साहित गरि नयाँ पुस्तामा राम्रो संस्कारको विकास गर्न साहित्य क्षेत्रको ठुलो योगदान रहने बताए । 
छन्द कविता संग्रह ‘ काव्यशतक” बारे प्रकाश पार्दै  कवि बाबुराम पोखरेलले यसमा १९ बर्षदेखी ८३ बर्ष उमेर समुहको  सर्जकहरुद्वारा रचना  गरिएको १ सय १ छ्न्दकविता रहेको बताए ।  उनले पापी नेताबाट शुरु गरिएको कविता संग्रहमा इलाम’ लिम्पियाधुरा लिपुलेक सम्मको भुगोल तथा विविधताको प्रतिनिधित्व छन्द कविता संग्रह ‘ काव्यशतक” मा  समेटिएको जानकारी दिए । 
कविताको भावले देश र आमाबुबाप्रति  श्रद्धा जगाउने लय तथा शब्द रहेको बताउँदै उनले  देश र समाजप्रतिको अद्भुत प्रेणा दिने तथा नारी चेतना जगाउने शान्त र सभ्य रचना भएकाले सबैले अध्यन गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा कन्चनरुप नगरपालिकाका पूर्व मेयर  वसन्त मिश्र ,डा. लेखराज खतिवडा, पत्रकार बृजमान तामाङ,  छन्द कवि रोमा लम्साल, हरिशरण खतिवडा,लाक्षेन्द्र खत्रीलगायतले कविता बाचन गर्नुकोसाथै शुभकामना मन्तव्य व्यक्त गरे । 
काव्यशतकका प्रकाशक अधिवक्ता सुरेशकुमार पोखरेलद्वारा संचालित कार्यक्रममा स्वागत रुपनगार नन्दराज संग्रौला क्याम्पस संचालक समितिका अध्यक्ष गिरीराज संग्रौलाले गरे । 
प्रकाशक दम्पतीका बुबा उद्वावप्रसाद पोखरेल र आमा दुर्गादेवी पोखरेलप्रति समर्पित छन्द कविता संग्रह ‘ काव्यशतक” को सम्पादक कवि तथा साहित्यकार होम सुवेदी रहेका छन् ।