न्यूज टुडे
राजविराज,११ असोज ।
नेपाल नेत्रहीन संघ मधेस प्रदेश कार्यसमितीको अध्यक्षमा लक्ष्मीश्वर महतो चयन भएको छ। नेपाल नेत्रहीन संघ मधेस प्रदेश कार्यसमितिको महोत्तरीको बर्दिबासमा बुधबार सम्पन्न सातौं साधारण सभा एवम् तेस्रो अधिवेशनबाट महतोको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा सर्वजित झा, महासचिवमा राजीव शाह,सचिवमा प्रीति कुमारी र कोषाध्यक्षमा अन्जु धिताल चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा सुधिर चौधरी,श्रीराम राय,,नन्दु महतो,छोटी शेर्पा,मनमाया तामाङ,शान्ति महरा रहेका छन् ।