• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा घाँस काट्न गएकी घुर्नीदेवी साह मृत फेला

सप्तरीमा घाँस काट्न गएकी घुर्नीदेवी साह मृत फेला

न्यूज टुडे

राजविराज,१० असोज । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ स्थित खोला किनारमा शुक्रबार घाँस काट्न गएकी एक महिला मृत फेला परेकी छन् ।  स्थानीय अन्दाजी बर्ष ५६ की घुर्नीदेवी साह  मृत भेटिएकी हुन् । 
चुरेबन नजिकैको खोलाको डिलमा घाँस काट्दै गरेको बेला बेहोस भई  ढलेपछी साहको मृत्यु भएको स्थानीयले बताएका छन् । 
साहको शव देखेपछि स्थानीयले दिउँसो ०२ : ३० बजे खबर गरेपछि घटना स्थलमा पुग्दा उनलाई मृत्यु भइसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 
घास काट्न गएकी साह अत्याधिक गर्मी सहन नसकी बेहोस भई ढ्ल्दा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 
घटना स्थलमा स्थानीय मुचुल्कासहितको कानूनी प्रक्रिया पूरा गरि मृतक साहको शव परिक्षणका लागि राजविराज पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।