• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्वर्गीय संगिता पासवानको परिवारलाई सहयोग

स्वर्गीय संगिता पासवानको परिवारलाई सहयोग
नर्मदेव यादव 
रुपनी, ०९ असोज ।
रुपनी गाउँपालिकाद्वारा स्वर्गीय संगिता पासवानको परिवारलाई  खाद्यान्नलगायतका विभिन्न सामाग्री सहयोग गरेको छ । अध्यक्ष दिनेश कुमार यादवले वडा नम्बर ३ स्थित कटैयामा बिहीवार पासवान परिवारको घरमै पुगेर सहयोग गरेका हुन् । 
 अध्यक्ष यादवले स्वर्गीय पासवानकी श्रीमान रंजन पासवानलाई दूध २ लिटर, चावल ५० किलो, मुरही ५ किलो, दाल ४ किलो, आलु ४ किलो, खाने तेल २ किलो, नुन ५ किलो,, स्वाविन १ किलो प्रदान गरे। 
गत भदौ ३० गते  सुत्केरी गराउने क्रममा  अत्याधिक रक्तस्राव भइ संगिताको २७ बर्षको उमेरमा मृत्यु भएको थियो ।।
 सुत्केरी ब्याथा लागेर  स्थानीय कटैया बर्थिङ सेन्टरमा भर्ना भएकी संगिताको छोरी जन्म भएपछि  अत्याधिक रक्तस्राव भई नरोकिएर तत्कालै  उपचारका लागि राजविराज पठाएको थियो ।
 उनको राजविराज  स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।