• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मालपाेत कार्यालयद्वारा पत्रकार यादबसहित विभिन्न व्यक्तिलाई सम्मान 

मालपाेत कार्यालयद्वारा पत्रकार यादबसहित विभिन्न व्यक्तिलाई सम्मान 
न्यूज टुडे
 राजबिराज,०९ असोज । 
मालपाेत कार्यालय सप्तरीले पत्रकार चन्दन कुमार यादवसहित आधादर्जन व्यक्तिलाई सम्मान गरेको छ । वडा दशैको अवसरमा राजविराजमा बिहिवार आयोजित एक समारोहका वीच उनीहरुलाई सम्मान गरिएको हो । 
 जेेनजी आन्दाेलनमा कार्यालयलाई क्षतिहुनवाट जाेगाउन पुर्‍याएको याेगदानकाे उच्च कदर गर्दै पत्रकार यादवसहित ऊनीहरुलाई धन्यवाद ज्ञापनसहित  सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा मेमाे खबर अनलाईनका सम्पादक यादब,लेखापढी कानुन ब्यवसायी ईकाई अध्यक्ष श्रीलाल यादब, मालपाेत कार्यालयका खरिदार बैजु देव, भागवत यादब, मालपाेत कार्यालयका कर्मचारी पवन कुमार मेहतर, बिनाेद यादब रहेका छन् । 
आन्दोलनको क्रममा महत्वपुर्ण कागजात तथा अभिलेख र भाैतिक सम्पतिकाे क्षति हुनवाट जाेगाउन खेलेको भुमिकाको उच्च कदर गर्दै ऊनीहरुलाई मालपाेत अधिकृत अजय झाले धन्यवाद ज्ञापन गर्दै सम्मान गरे । 
कार्यक्रममा बोल्दै मालपाेत अधिकृत झाले जेनजी आन्दाेलनले जनताकाे केही महत्वपुर्ण माँग सम्बाेधन भएकाे भन्दै प्राप्त उपलब्धीलाई अनुशासित भएर संरक्षण गर्नुपर्नेमा जोड दिए । 
उनले आन्दाेलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरूकाे शिघ्रस्वास्थ लाभकाे कामना गरे । आन्दाेलनको क्रममा सरकारी संरचना ध्वष्त हुनवाट जाेगाउन महत्त्वपूर्ण याेगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको उनले बताए । 
लेखापढी कानुन ब्यवसायी सँघका केन्द्रीय सदस्य जय नारायण देवले जिल्लाकाे सबै पालिका अन्तर्गत  जनताकाे महत्वपुर्ण कागजपत्र राख्ने  ठाउँलाई जाेगाउन खेलेको भुमिका सराहनीय  रहेकाे बताए।
मालपाेत अधिकृत झाकाे अध्यक्षतामा आयाेजित कार्यक्रमामा मालपाेत कार्यालयका कर्मचारी तथा लेखापढी ब्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे । 
कार्यक्रम संचालन  कम्प्युटर अपरेट सुमन परियारले गरेका थिए।