• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

अग्नीसाइरका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
रामनाथ चौधरी 
महुली, ०८ असोज । 
सप्तरीको अग्नीसाइर कृष्णासरवन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवको कार्यकक्षमा तालाबन्दी गरिएको छ । असन्तुष्ट कर्मचारीहरुले संघर्ष समिति गठन गरि बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 
कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको आरोप लगाउँदै  उनीहरुले  वरिष्ठतम्को आधारमा बनाउनु पर्नेसहितको  विभिन्न ११ बुँदे माग अघि सारेका छन् । 
मौजुदा ऎन कानून, नियम बमोजिम वरिष्ठतम्को आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिनु पर्ने, अन्य स्थानीयबाट सरुवा भई आएका तथा जगेडामा बसेका कर्मचारी शिक्षक साथीहरुलाई यथासिघ्र उचित व्यवस्थापन गर्नुपर्ने,फरक सेवा समुहका कर्मचारीहरु तोकिएको भन्दा अन्य जिम्मेवारीमा खटाइएकोमा अविलम्ब फिर्ता गरि तोकिएको स्थानमा कामकाज गर्न लगाउनु पर्ने, आफ्नो दरबन्दी तोकिएको स्थानमा कामकाजमा खटाउने व्यवस्था गर्नुपर्ने माग कर्मचारीहरुको छ । 
यसैगरी एक कर्मचारी एक शाखा / जिम्मेवारी दिइनुपर्ने,गापा परिषद ढिलाईले गर्दा हामी राष्ट्रसेवक कर्मचारीहरुले हालसम्म तलव भत्ता नपाउनुमा जिम्मेवारी को ? यसको यथासिघ्र सम्बोधन गर्नुपर्ने, तोकिएको समयमा कार्यालय उपस्थित भइ कामकाजका लागि इ-हाजिरीको अवलम्बन व्यवस्थापन गर्नुपर्ने  र मासिक रुपमा सो प्रतिवेदनका आधारमा तलवभत्ता प्राप्तिको व्यवस्थापन गरिनुपर्ने तथा करार कर्मचारीहरुको महंगी भत्ता उपलब्ध गराउनुपर्ने, सेवासुविधा पारदर्शिता कायम गरिनुपर्ने, कामकाज गर्न सहज बाताबरण कायम गरिनुपर्ने,पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा गरिनुपर्ने, यी सबै जायज माँगहरु सभाद्वारा पारित गरि कानून सम्मत कार्यान्वयन गरिनुपर्ने ऊनीहरुले माग गरेका छन् । 
तालाबन्दी पछि उनीहरु गाउँपालिका अगाडि त्रीपाल ओच्याएर धर्ना समेत बसेका छन् ।