न्यूज टुडे
राजविराज, ०७ असोज ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर २ स्थित हर्दियामा मंगलबार पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ बर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ बर्षीया छोरी आशिकी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको स्थानीय अरविन्द चौधरीको पोखरीमा नुहाउने क्रममा डुबेर दुबैजजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबै जनाकाे नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनीहरुसंग स्थानीय ८ बर्षीया प्रियान्सु चौधरी समेत सोमबार साँझ पोखरीमा नुहाउन गएका थिए । उनी भने सकुशल छिन् ।
ऊनीहरु डुबेको प्रियान्सुले जानकारी गराएपछि स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दुबै बालिकाको शव परिक्षणका लागि अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।