न्यूज टुडे
राजविराज, ०५ असोज ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित रहेको श्री खुवलाल जगन्नाथ शक्ति आधारभूत विद्यालयका प्रधानाध्यापकमाथि आक्रमण भएको छ । विद्यालयमै आइतबार प्रधानाध्यापक यादवमाथि आक्रमण भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय लालु प्रसाद यादवको श्रद्धाञ्जलीसभामा स्थानीय केही समुहले आक्रमण गरेको प्रधानाध्यापक यादवले जानकारी दिए ।
आफुमाथि आक्रमण हुने थाहा पाएपछि विद्यालय जान ढिलो गर्दा घरमै लिन आएकाहरुले विद्यालय पुग्नसाथ ०३:१५ बजे आक्रमण गरेको उनले बताए ।
‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय यादवको श्रद्धाञ्जली सभा विद्यालयले नै आयोजना गरिएको थियो, गाउँकै केही व्यक्तिहरुले आक्रमण गर्ने योजना बनाएको छ भन्ने सूचना पाएँ’ उनले भने,’आक्रमण हुन्छ भन्ने पूर्वजानकारी पाएपछि विद्यालय जान केही ढिलो गरे तर एक समुह घर मै लिन आइपुगे, ऊनीहरुको मनसाय घरमै कुटपिट गर्ने थियो, म विद्यालय गएँ त्यहाँ पुग्ने बित्तिकै आक्रमण सुरु भयो । ‘
आक्रमणकरीको प्रतिकार नगरेको हुँदा बाहिर चोटपटक भने लागेन तर शरीरको विभिन्न भागमा गहिरो चोट लागेको उनले बताए ।
रिक्त दरबन्दी भन्दा अर्को विषयमा शिक्षक ल्याउन सहमति नदिएको तथा शिक्षक अभिभावक संघको अध्यक्षमा अभिभावक नभएको व्यक्तिलाई राखिएको र त्यसमा कुरा उठाउँदा आफुमाथि योजनाबद्व आक्रमण गरेको प्रधानाध्यापक यादवको आरोप छ ।