• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्न गाउँपालिकाको मन्त्रालयलाई पत्र

प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्न गाउँपालिकाको मन्त्रालयलाई पत्र
न्यूज टुडे
राजविराज,०४ असोज । 
इटहर्वा बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग गरेका केशव कुमार झालाई  स्थानीयको विरोधपछि गाउँपालिकाले अर्कै प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्न माग गरेका छन् ।  गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले शनिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै यस्तो माग गरेका हुन् । 
मन्त्रालयले खटाएको लामो समय हुँदा समेत झा गाउँपालिकामा हाजिर हुन नआएको र आउने मनस्थितिमा नरहेकोले प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गरिदिन गाउँपालिकाद्वारा मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । 
जिल्लाको मालपोत कार्यालयमा कार्यरत रहँदा गापाको जमिन सम्बन्धि विवादमा यहाँका जनताहरुले झालाई हाजिर हुन नदिन आन्दोलन थालेका तथा आन्दोलनरत समुहको डर देखिएको अवगत गाउँदछौ’ गापाले लेखेको पत्रमा भनिएको छ । 
गापाले मन्त्रालयलाई लेखेको पत्रमा आउन लागेको दशैमा कर्मचारीहरु तलबभत्ताबाट वन्चित हुन सक्ने स्थिति तथा समस्यालाई थप जटिल हुन नदिन तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गरिदिन अनुरोध गरिएको छ । 
झालाई गत भदौ २२ गते मन्त्रालयले अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएका थिए ।  तर झा हालसम्म कार्यालयमा हाजिर भएका छैन । 
झा आउने थाहपाएपछि गाउँपालिका स्तरीय वेथिति विसंगति विरुद्ध संघर्ष समितिले विरोध जनाउँदै हाजिर नगाराउन गाउँपालिका तथा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।  
संघर्ष समितिका अध्यक्ष अरुण कुमार चौधरी र इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका संघर्ष समितिका सचिब मिलन कुमार चौधरीले संयुक्त प्रेस विज्ञप्ति मार्फत आन्दोलन घोषणा गर्दै हाजिर गराए प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।