न्यूज टुडे
राजविराज,०४ असोज ।
राजविराजमा शनिबार दुई दर्जन ज्येष्ठ नागरिक महिलालाई सम्मान गरिएको छ । भवानी सेवा समिति राजविराजद्वारा आयोजित एक समारोहका वीच ऊनीहरुलाई सम्मान गरिएको हो ।
विजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान,महिला मिलन एवम् महिला ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
महिलाको हाम्रो समाजमा महत्त्वपूर्ण योगदान भएपनि महिलाहरूको परिवार,समाजले अहिलेपनि मूल्यांकन गर्न नचाहेकोले महिलामा पनि ज्येष्ठ नागरिकको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको समितिका उपाध्यक्ष सुसा देवले जानकारी दिइन् ।
प्रमुख अतिथि मधेस प्रदेशकी पूर्व उपसभामुख उपमा देव लगायत अतिथिहरूले दोसल्ला ओढाएर ७० वर्ष माथिका ज्येष्ठ नागरिक महिलाहरूलाई सम्मान गरेकी थिइन् ।
प्रमुख अतिथिका पूर्व उपसभामुख देवले परिवार, समाज र राष्ट्रले महिलाको योगदानको कदर नगरेसम्म स्मृद्ध राष्ट्र नबन्ने दावी बताइन् । उनले ´महिला जहिले पनि सम्मानित छ, रहनुपर्छ भन्दै रचनात्मक कार्यमा महिलाकोको सहभागीता हुनुपर्नेमा जोड दिइन् ।
समितिको उपाध्यक्ष एवम् महिला संघको संयोजक सुसा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा इन्जिनियर अमरेन्द्र देव, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव,भवानी सेवा समितिका स्थापक सल्लाहकार श्याम देव,पूर्व अध्यक्ष पुरूषोत्तम देव,अध्यक्ष इन्द्र कुमार देव,महासचिव सत्यनारायण देव,भवानी सेवा समिति काठमाडौंको निवर्तमान अध्यक्ष योगेन्द्र देव,सुचना अधिकारी अनिल देव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।