• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरुपमा संविधान दिवसको अवसरमा दिपप्रज्वलन

कञ्चनरुपमा संविधान दिवसको अवसरमा दिपप्रज्वलन
 उत्तम आचार्य 
कन्चनरुप , ३ असोज  ।
नेकपा एमाले कन्चनरुप नगर कमिटीले संबिधान दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ । नगर कमिटी अध्यक्ष एवम् ६ नम्बर वडाका वडा अध्यक्ष बच्चुलालाल चौधरीको अध्यक्षता तथा कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख एबम मधेस प्रदेश कमिटी सदस्य बसन्त मिश्रको प्रमुख आतिथ्यमा रुपनगर चोकमा शुक्रबार दिप प्रज्वलन गरि संबिधान दिवस मनाएको हो ।
संविधान दिवसको अवसरमा माओवादी केन्द्रद्वारा रुपनीमा निकालिएको खबरदारी र्‍याली । फोटो : नर्मदेव यादव
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व नगरप्रमुख मिश्रले शहिदहरुको बलिदानी र जनताको त्यागले गर्दा बनेको संबिधानको सबैले संरक्षण र जगेर्ना गर्नु पर्नेमा जोड दिए । अहिले देश संकटमा रहेको बेला सबै नेपालीहरु संयम भइ देश निर्माणमा लाग्नु पर्ने बताए ।
कार्यक्रम संचालन १२ नम्बर वडाका वडा सदस्य जैनुद्दिन मियाँले गरेका थिए । कार्यक्रममा एमाले स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।
यसैगरी कन्चनरुप १२ स्थित  सिमरा चौकमा पनि दिप प्रज्वलन गरि संबिधान दिवस मनाएको नगर कमिटीका सचीव केवल खत्रीले बताए ।
यसैगरी रुपनी गाउँपालिकामा संविधान दिवसको अवसरमा खबरदारी र्‍याली प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र रुपनी गाउँपालिकाको आयोजनामा नेकपा माओवादी केन्द्र जिन्दावाद, सुशासन कायम गर, भ्रष्टाचार अन्त्य गर संविधान मास्न पाइदैन प्रतिगमनकारी होसियार संविधान दिवस सफल पारौ।’ लगायतका विभिन्न नारा लगाउदै रुपनी बजार परिक्रमा गरेका थिए ।