रामनाथ यादव
राजविराज ,०३ असाेज ।
सप्तरीको तिलाठी काेइलाडी ६ र ७ मा पर्ने वभनगामा जण्डाैल – कुशहा सडक मर्मत सम्भारमा स्थानीय युवाहरु जुटेका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय युवाहरु सडक मर्मत सम्भारमा जुटेका हुन् ।
सडकको स्तरउन्नतिमा नेपाल सरकारले बर्षेणी करडौ लगानी गरेपनि समस्या ज्यूकोत्यू रहेपछि युवाहरु सडक निर्माणमा जुटेका हुन् ।
तीन वर्ष देखि गाउँकाे विच सडकमा पानीकाे निकास नहुँदा खाल्डाखुल्डी भएर पानी जमेर हिडडुलमा समस्या भएपछि मर्मत सम्भारमा जुटेको स्थानीय युवा अरुण कुमार यादवले बताए ।
स्थानीय यूवाहरुले सडक निर्माणमा जेसिवी समेत प्रयोग गरेका थिए । गाउँमा वैठकवसी दशैसहित हिन्दुहरुकाे महान चाडपर्वल्लाई मध्यनजर गर्दै आफ्नो गाउँ आफै वनाउ भने उदेश्यका साथ सडक मर्मत सम्भारमा जुटेको सहभागी चेत नारायण यादवले बताए ।
विवादले वर्षाै देखि निर्माण कार्य रोकिएको सडक निर्माण कार्यका लालि गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल , वडा नम्बर ६ का अध्यक्ष राेशन सिंह र वडा नम्बर ७ का अध्यक्ष हरि नारायण मण्डललाई पटकपटक भन्दा पनि सुनुवाइ नभएपछि गाउँका युवाहरुको सहयोगमा सडक मर्मत सम्भार गरिएको सूर्य नारायण यादवले बताए ।
स्थानीय जनप्रतिनिधिहरुले समाजकाे विकास र निकासमा कुनै चासाे नदिएको भन्दै स्थानीय यूवाहरुले आक्राेश व्यक्त गरे ।
उक्त सडक मर्मत कार्यमा स्थानीय राम प्रसाद मण्डल, रामवाहुर रजक, भक्त नारायण राय,अमिर महताे,जिवछ यादव,विन्देश्वरी यादव, प्रशुराम यादव, रवीन्द्र साह,देवेन्द्र यादव,मनाेज रजक,रुपेश यादव,प्रयाग यादव,देव नारायण यादव,शिव नारायण मण्डल,जितेन्द्र मण्डल,विष्णु यादव,अमलेश यादव लगायत समाजसेवी ,वुद्विजिवी, संचारकर्मी,प्रहरी ,किसान ,यूवा,विद्यार्थी लगायतकाे सहभागिता रहेकाे थियाे ।