न्यूज टुडे
राजविराज,०३ असोज ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अगाडि सिटी रिक्सा व्यावसायीहरुले जनप्रतिनिधिहरुको विरोध गर्दै प्रदर्शन गरेका छन् । विशाल चौक देखि मट्टीगढी सम्मको सडक मर्मतको माग गर्दै सिटी व्यवसायी तथा सिटी रिक्सा मजदुरहरुले जनप्रतिनिधि विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।
गाउँपालिका भरीका सिटी रिक्सा व्यवसायीहरुले गाउँ पालिका अगाडि सिटी रिक्सा तेर्साएर विरोध जनाएका छन् ।
‘विशाल चौकदेखि मट्टीगढी सम्मको सडक निर्माण गर, भ्रष्टाचारीलाई कारबाही गर, सुशासन कायम गर, भ्रष्टचारी जनप्रतिनिधि मुर्दावाद, भ्रष्ट मेयर मुर्दावाद, सम्पूर्ण सिटी रिक्सा व्यवसायी एक हऔ’लगायतका चर्का नारा लगाउँदै आधघण्टा विरोध प्रदर्शन गरे ।
ऊनीहरुले दिउँसो २ बजेदेखि साँझ ४ बजेसम्म गाउँपालिकाको मुलगेटमा २ घण्टा सिटी रिक्सा तेर्साएर विरोध जनाएको छ ।
विरोधपछि गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीसहितका जनप्रतिनिधिहरुले तत्कालै सडक मर्मत गर्ने प्रतिबद्धता जनाउँदै बाटो निरीक्षण गर्न गएपछि आन्दोलन नाराबाजी स्थगित गरेका थिए ।
बाटो मर्मत गर्ने नाममा २० लाख बजेट लगानी गरिएपनि दुरुपयोग हुँदा बाटो झनै विगारेकोले दैनिक दुर्घटना हुने तथा सिटी चलाउने अबस्था नहुँदा रोजगारी समेत समाप्त भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको सिटि रिक्सा व्यावसायी संघका गाउँपालिका अध्यक्ष खेलराम चौधरीले बताए ।
उनले अविलम्ब बाटो मर्मत सम्भार गरि सिटी रिक्सा संचालन गर्ने बाताबरण बनाउन आग्रह गर्दै सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।