• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा मनाइयो १० औं  संविधान दिवस
न्यूज टुडे
राजविराज,०३ असोज । 
सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम आयोजना गरि संविधान दिवस मनाइएको छ । संविधान दिवस २०८२ मुल समारोह सप्तरीद्वारा संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी तथा विरामीलाई फलफूल वितरण गरिएको हो ।
संविधान दिवसको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा प्रभात फेरि तथा गजेन्द्रनारायण सिंह अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो । 
उक्त अवसरमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
र्‍यालीमा राजनीतिक दलका प्रतिनिधिहरुको भने सहभागिता रहेको थिएन । जेनजी पुस्ताको विद्रोह पछि देशमा भएको असहज परिस्थितिका कारण संविधान दिवसको उत्साहमा कमी आएको सहभागीहरु बताउँछन् ।