• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

सप्तरी जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
न्यूज टुडे
राजविराज,०२ असोज ।
सप्तरी जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको छ। उच्च अदालत जनकपुर राजविराज इजलासद्वारा बिहीबार उक्त सामाग्री सहयोग गरिएको हो । 
जेनजीको आन्दोलनमा अदालतमा तोडफोड,आगजनी र लुटपाट भएर पूर्ण रूपले क्षति भएपछि सहयोग स्वरूप एकथान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको अदालतका रजिस्ट्रार लोकनाथ पराजुलीले जानकारी दिए ।
उनले उच्च अदालतमा आंशिक क्षति भएपनि सप्तरी जिल्ला अदालतमा पूूर्ण क्षति भएपछि काम गर्न कठिनाइ भएकोले काममा थोरै भएपनि सहयोगका लागि तत्काल हामीसँग उपलब्ध भएको कम्प्युटर र प्रिन्ट उपलब्ध गराएको बताए ।
यसैबीच सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले जेनजीको आन्दोलनमा अदालतमा ठूलो क्षति भएपछि कम्प्युटर प्रिन्टरको अभावमा काम गर्न कठिनाई भएपछि थुन्छेक आदेश हातले लेखेको र दशैसम्म व्यवस्थित  नभएसम्म हातले लेख्ने बाध्यता रहेको बताए । 
यसैबीच उच्च अदालत जनकपुर राजविराज इजलासका नव आगन्तुक मुख्य न्यायाधीश सुभाष पौडेल ,अन्य न्यायाधीशहरू तथा रजिस्ट्रार लगायतले जिल्ला अदालतको अनुगमन गरेर अवस्थाको विषयमा जानकारी लिएका थिए ।