न्यूज टुडे
राजविराज,०२ अशोज ।
सप्तरीको अग्नीसाइर कृष्णासारन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा केशव झालाई हाजिर गराए प्रतिकार गर्ने स्थानीयले चेतावनी दिएको छ । यस अधि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा भू=माफियासंग मिलेर बहुचर्चित इटहर्वा बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग गरेको भन्दै स्थानीयले विरोध जनाएको हो ।
भू=माफियाको प्रभावमा परी इटहर्वा बजारको जग्गा व्यक्तिको नाममा पास गराउँन सहयोग गरेको झालाई प्रमुख प्रशासकीय अधिकृत स्वीकार गर्न नसक्ने बेतिथी विरुद्ध संघर्ष समितिका गाउँपालिका संयोजक अरुण कुमार चौधरीले बताए ।
‘गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विवादित व्यक्ति झा आउने भन्ने कुरा सुन्दैछु, उनले भने,’यदि खराब पृष्ठभुमिका झालाई हाजिर गराएँ, स्वीकार्न सकिदैन ।’
न्यूज टुडेसंग कुराकानी गर्दै झालाई हाजिर नगराउन जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउँदै संयोजक चौधरीले सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
उनले शुक्रबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनको घोषणा गर्ने जानकारी दिए ।
यसैगरी इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् संघर्ष समितिका सचिव मिलन चौधरीले प्रमुख प्रशासकीय अधिकृत झालाई हाजिर गराए प्रतिरोध गर्ने बताए छन् । सामाजिक संजालमा स्टाटस लेखदै उनले इटहर्वा बजारको सार्वजनिक जग्गा बेचुवा प्रमुख प्रशासकीय अधिकृत आउन लागेको भन्दै आन्दोलनमा आउन आव्हान गरेका छन् ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा भ्रष्टाचार र बेथिति बढेको भन्दै सुशासन कायम गर्ने अभियानका साथ स्थानीयले संघर्ष समिति गठन गरि खबरदारी गर्दै आएका छन् ।