• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जेन जी आन्दोलनका क्रममा राजविराज नगरपालिकामा भएको क्षतिका कारण कार्यसम्पादनमा त्यसको गम्भीर प्रभाव परेकै छ । 
नगरपालिकाको बारुण यन्त्र फोहर व्यवस्थापनका लागि प्रयोग हुने सम्पूर्ण ढुवानीका साथ अन्य सवारी साधनमा गरिएको आगजनीले फोहरमैला व्यवस्थापनको काम पूर्णतः ठप्प बनेको छ । यही कारणले नगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सबैलाई आफै फोहर व्यवस्थापनका लागि आग्रह गरिसकेको छ । पहिले सहज अवस्थामा पनि फोहर व्यवस्थापन प्रति प्रश्न उठ्ने गरेको नगर क्षेत्रको अव त अर्को व्यवस्था नभएका सम्म फोहर उठ्नै छाडेपछि अवस्था कस्तो बन्ला ? अनुमान लगाउन नसकिने होईन । तोडफोडबाट क्षति भएपछि अब नगरपालिकाले चुप लागेर बस्ने कुरा हुन सक्दैन । कार्यालय व्यवस्थापन नभएसम्म बसपार्क तथा हटिया सञ्चालन तर्फ लाग्दा ल्याउन नगरपालिकाले समयमाथि समय बढाउँदै लागेको छ । त्यसले गर्दा नगरको अस्तव्यस्त अवस्था बनेको कुरा सबै नगरबासीले जानेबुझेकै विषय हो । आन्दोलनले कार्यालयको काम प्रभावित बनेता पनि यी दुई संरचनालाई सञ्चालनमा ल्याउन सकियो भने त्यो पनि एक महत्वपूर्ण उपलब्धि नै हुने कुरामा आशंका रहँदैन ।
अतः कामबाट पन्छिएर आफ्नो जिम्मेवारी पूरा हुनेछ भन्ने सोच परित्याग गर्दै गर्नुपर्ने काम र जिम्मेवारी बहनतर्फ सक्रियताको आवश्यकता छ ।