• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आर्यघाट व्यवस्थित गरि निशुल्क संचालन गर्न माग

आर्यघाट व्यवस्थित गरि निशुल्क संचालन गर्न माग
शिवप्रसाद आचार्य
फत्तेपुर, ३१ भदौ । 
सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित  हेडवक्स नजिकै त्रियुगा किनारमा  रहेको आर्यघाटलाई व्यवस्थित गरि संचालनमा ल्याउनु माग गरिएको छ।  आर्यघाटमा बिना अवरोध दाहसंस्कार  गर्न पाउनु पर्ने सहित  विभिन्न ४ बुदे माग राख्दै स्थानीयले नगरप्रमुख र वडा अध्यक्षलाई मंगलबार ज्ञापन पत्र बुझाएको हो।
सप्तकोसी नगरपालिकाका विभिन्न वडाका बासिन्दाहरुको मृत्युपछि गरिने अन्तिम दाहसंस्कार  गर्नको लागि  चन्द्र नहर सिचाइ प्रणाली निर्माण हुनु भन्दा अगाडि देखि आर्यघाटको रुप प्रयोग गरिदै आएको उक्त स्थानमा आर्यघाट आसपासका केहि मान्छेहरुले बिरोध गरि लास पोल्ने दाउरा लान नदिने तथा लास जलाउदै गर्दा अबरोध सिर्जना गरि मलामीहरु माथि समेत पटकपटक आक्रमणको प्रयास भएको भन्दै सप्तकोसी नगरपालिका बासीहरुले चलिआएको आर्यघाटको उचित ब्याबस्थापन गरि आर्यघाटका लागि बिनियोजित बजेटलाइ यथासिर्घ्र ककार्यान्वयन गर्नुपर्ने आर्यघाटको ब्याबस्थापन नहुनजेल सम्मको लागि चलिआएको आर्यघाटमा सहजरूपमा दाहसंस्कार गर्ने ब्याबस्थापन गरिनु पर्ने,त्रियुगा नदिको उत्तर दक्षिण तर्फका जग्गा र चन्द्र नहरका जग्गाको मापदण्ड यकिन गर्न सम्बन्धित निकाय संग पहल गर्नुपर्ने माग स्थानीयको छ ।
 उल्लेखित मागहरूलाइ ७ दिन भित्र सम्बोधन नगरे थप संघर्षको कार्यक्रम घोषणा गरि अगाडि बढ्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ । 
सप्तकोसी नगरबासीको  ज्ञापन पत्र  बुझ्दै प्रमुख कृष्ण प्रसाद ढकालले नगरबासीको तर्फबाट  नगरपालिकालाई सजग गराउन र नगरको विकासमा चासो सहित ज्ञापन पत्र दिनु भएकोमा नगरको यसमा ध्यानाकर्षण भएको बताउदै सदिऔं देखि चल्दै आएको  आर्यघाटको दिगो ब्याबस्थापन गर्नको लागि नगरपालिकाले ७ करोडको लागत स्टिमेट सहितको  डिपिआर तयार गरि त्रियुगा मोक्षधामको रुपमा  आर्यघाट ब्याबस्थापनको लागि यो आ. ब. को लागि ८७ लाख बजेट समेत बिनियोजन गरिसकिएको बताए। 
उनले ३ बर्षमा सम्पन्न गर्ने गरि आर्यघाटलाई ब्याबस्थित गर्दै सामाजिक सद्भाव कायम गर्ने गरि पबित्र  त्रियुगा किनारमा धार्मिक तिर्थस्थल  तथा पर्यटकीय स्थलको रुपमा परिणत गर्न त्रियुगा मोक्षधाम निर्माण गर्न लागिएको  जानकारी दिए। मोक्षधाम निर्माण संगै आर्यघाट ब्याबस्थापन विभिन्न धार्मिक कार्य तिथि ,श्राद,पुराण,भजनकृतन लगायतका कार्यहरु सम्पन्न गर्न  मिल्ने गरि डिपिआर तयार गरिएको नगरप्रमुख ढकालले बताए।
आर्यघाट ब्याबस्थापन नहुनजेल सम्मको लागि साविककै  ठाउँमा खोलाबाढी आएको बेला पनि दाहसंस्कार गर्न मिल्ने गरि अस्थायी ब्याबस्थापन गरि सहजरुपमा दाहसंस्कार गर्ने बाताबरण मिलाउनको लागि स्थानीय सरकार कटिबद्ध रहेको बताउदै सहज बाताबरणका साथ दाहसंस्कार गर्ने बाताबरण बनाउने गरि सहयोग गरिदिनु हुन सम्पुर्ण नगरबासीहरुमा आग्रह गरे ।
उनले नगरमा कुनै समस्या आए एक आपसमा बार्ता सम्बादाको माध्यमबाट समस्यको समाधान खोज्न नगरपालिका सधै तयार रहेको र बार्ता सम्बादाको माध्यमबाट समाधान खोज्न नगरबासी सबैलाई आग्रह गरे ।