• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज नगरपालिकाद्वारा बृहत सरसफाइ अभियान संचालन

राजविराज नगरपालिकाद्वारा बृहत सरसफाइ अभियान संचालन
न्यूज टुडे
राजविराज,३१ भदौ । 
जेनजी आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडले दुर्गन्धित राजविराज नगरपालिकामा मंगलबार  बृहत सरसफाइ शुरु भएको छ । राजविराज नगरपालिकाद्वारा बृहत सरसफाइ अभियान संचालन गरेको हो । 
जेनजी पुस्ताको आन्दोलनका क्रममा राजविराज नगरपालिकाका ट्याक्टर, टिपर, जेसीवी, एम्बुलेन्स जस्ता फोहर फाल्ने उपकरणमा आगजनी गरि क्षति पुगेकोले एकहप्तादेखि नगर क्षेत्रमा सरसफाइ कार्य रोकिएको थियो । 
राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगर क्षेत्र दुर्गन्धित भई आम जनतालाई असहज भएकोले बृहत सरसफाइ शुरु गरेको नगरपालिकाले जनाएको छ । 
कार्यबाहक मेयर परविनको नेतृत्वमा नगरपालिका कार्यालयबाट मंगलबार विहानदेखि सरसफाइ अभियान संचालन गरि  सम्पूर्ण  नगर क्षेत्रका फोहरमैला समेत व्यवस्थापन गरिने नगरपालिकाका एक कर्मचारीले बताए । 
नगरपालिकाको आव्हानमा शुरु भएको सरसफाइ अभियानमा जनप्रतिनिधि, नगरपालिका कर्मचारी, स्थानीयबासीहरु सहभागी छन् । 
जेनजी आन्दोलनको नाममा राजविराज नगरपालिका लगायत  दर्जनौं सरकारी कार्यालय तथा सार्वजनिक संस्थाका सवारी साधन, विधुतीय उपकरण, फर्निचर,  महत्त्वपूर्ण कागजातसहित अति महत्त्वपूर्ण भौतिक पूर्वाधारमा तोडफोड र आगजनी हुँदा अर्बौंको क्षति पुगेको छ ।