न्यूज टुडे
राजविराज, ३० भदौ ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री मण्डल विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक तथा पूर्वाधार, शहरी विकासमन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल, र गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा सोमबार आयोजित एक विशेष समारोहका वीच राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
उक्त समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्रीसहित विभिन्न संबैधानिक निकायका प्रतिनिधि, उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।