• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बालेनका कानूनी सल्लाहकारलाई गृहमन्त्री नियुक्त गर्ने प्रस्ताव विरुद्ध जेनजीको प्रदर्शन

बालेनका कानूनी सल्लाहकारलाई गृहमन्त्री नियुक्त गर्ने प्रस्ताव विरुद्ध जेनजीको प्रदर्शन
न्यूज टुडे
राजविराज,३० भदौ । 
काठमाडौ महाननगरपालिकाका मेयर बालेन साहका कानूनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गर्न तयारी गरेपछि जेनजी पुस्ताले विरोध गरेका छन् ।  आन्दोलनका मृतक परिवारका सदस्यसहित जेनजीका संयोजक सुदन गुरुङको नेतृत्वमा आइतबार मध्यान्ह राति प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । 
सहमति जुटेका उर्जा मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाल । फोटो : न्यूज टुडे
मन्त्री नियुक्तीमा सल्लाह नगरेको र काठमाडौ महाननगरपालिकाका मेयर बालेन साहका कानूनी सल्लाहकार अर्याललाई गृहमन्त्री नियुक्त गर्ने तयारी गरेको भन्दै उनीहरुले प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 
‘प्रधानमन्त्री सुशील कार्की राजिनामा दे, लासमाथी  राजनीति गर्न पाइदैन’ लगायतका प्रधानमन्त्री विरुद्ध चर्का नाराबाजी गर्दै जेनजी पुस्ताका युवाहरूले प्रदर्शन गरेका छन् । 
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै संयोजक गुरुङले अर्याललाई गृहमन्त्री मान्न नसक्ने आडान राखे । प्रधानमन्त्री कार्कीले मनपर्दी गरेको आरोप लगाउदै उनले जसरी कुर्सीमा पुर्‍याएको त्यसरी नै थुतेर फाल्ने चेतावनी दिए । 
उनले सोमबारसम्म पनि प्रधानमन्त्री जेनजीको माग प्रति गम्भीर नदेखिए, आन्दोलनरत युवा समुहलाई विहान सडकमा आउन आव्हान गरे । 
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अर्याललाई गृह, कुलमान घिसिङलाई उर्जा र रामेश्वर खनाललाई अर्थ मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए ।
अर्याललाई गृहमन्त्री  बनाउने निर्णय बाहिर आएपछि जेनजी पुस्ताले विरोध जनाएका छन् । 
नवनियुक्त प्रधानमन्त्री कार्कीले दुई जना मन्त्री भने टुंगो लगाएकी छन्।
ऊर्जामन्त्रीमा कुलमान घिसिङ र अर्थमन्त्रीमा रामेश्वर खनालको नाम टुंगो लागेको कार्की निकट स्रोतले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरूमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुंगो लगाइसकेको स्रोत बताउँछ।
ऊर्जामन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका घिसिङ नेपाल विधुत प्राधिकरणका पूर्व कार्यकारी महानिर्देशक हुन् । उनले दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने विधुतलाई शुन्यमा झारेर अर्बौं घाटामा परेको विधुत प्राधिकरणलाई खरबौ नाफामा ल्याउन सफल भएका थिए ।  उनलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विधुत प्राधिकरणको महानिर्देशकबाट हटाएर आफ्ना सालोलाई नियुक्त गरेका थिए । 
अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका खनाल पूर्वअर्थसचिव हुन्। उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।
गृहमन्त्रीको चर्चामा रहेका अर्याल विरुद्ध जेनजी पुस्ता उत्रिएपछि ऊनी पछि हटेका छन् । उनले बाहिरबाटै सरकारलाई सहयोग गर्ने बताएका छन् ।