• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीका अध्यक्षलाई बुझाइयो भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेसहितको २८ बुँदे ज्ञापनपत्र

रुपनीका अध्यक्षलाई बुझाइयो भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेसहितको २८ बुँदे ज्ञापनपत्र
नर्मदेव यादव
रुपनी,२९ भदौ ।
जेनजी पुस्ताका युवाहरूले रुपनी गाउँपालिकामा आइतबार विभिन्न माग राखी २८ बुँदे ज्ञापनपत्र बुझाएका छन् । रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवलाई  कार्यकक्षमै भेटेर उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । 
ज्ञापनपत्रमा रुपनी गाउँपालिकाबाट संचालित सम्पूर्ण बजेट, योजना तथा कार्यक्रम पारदर्शिता गर्नुपर्ने, बर्तमान तथा पूर्व  जनप्रतिनिधि र कर्मचारीहरुको सम्पत्ति छानबिनका लागि जेनजी समुहका प्रतिनिधिसहितको छानवीन समिति गठन गर्नुपर्नेलगायतका विभिन्न २८ बुँदे माग राखेका छन् ।  शान्तिपूर्ण रुपमा माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उल्लेख भएको ज्ञापनपत्रमा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष यादवले जेनजीहरुले राखेको माग जायज रहेको भन्दै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।  माग सकारात्मक छ भन्दै उनले आफू भ्रष्टाचार विरुद्ध सधै खबरदारी गर्दै आएकोले मैले भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे राजनीतिबाट सन्यास लिने उद्घोष गरे ।  
‘ भ्रष्टाचार छानबिन गर्न म तयार छु,  उनले भने,’रुपनी गाउँपालिकामा मैले भ्रष्टाचार गरेको कसैले ठहर  गरे राजनैतिबाट सन्यास लिने छु ।’
उक्त अवसरमा रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश यादव,  सप्तरी युथका मोहन यादव, दिलिप यादव,शिवम यादव,उपेन्द्र प्रसाद चौधरी,संतोष कुमार यादव,रामनारायण यादव, रमेश यादव, मो. अलिहुसेन,,रामएकवाल यादवलगायतका स्थानीय जेनजी पुस्ताका युवाहरुको उपस्थिति रहेको थियो।