• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज कारागारको ५० मीटर वरीपरी सिमाभित्र कर्फ्यु

राजविराज कारागारको ५० मीटर वरीपरी सिमाभित्र कर्फ्यु
न्यूज टुडे
राजविराज,२९ भदौ । 
सप्तरीमा हटाएको निषेधाज्ञा तथा कर्फ्यु राजविराज कारागार सिमा क्षेत्रको ५० मीटर दुरीको  वरिपरि भने कायम राखिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सूचना जारी गर्दै उक्त क्षेत्रमा  कर्फ्यु कायम रहेको जनाएको हो।
जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुरक्षा सुनिश्चित गर्नका लागि चार किल्ला तोकी सो सीमाभित्र कसैले आवतजावत, जुलुस, सभा, भेला, घेराउ,बैठक वा कुनै प्रकारको प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु लगाइएको  छ ।
जेनजी आन्दोलनका क्रममा कारागार कार्यालयबाट कैदी भागेको विषयलाई मध्यनजर गरि आइतबार दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म  कर्फ्यु लगाइएको सूचनामा उल्लेख छ । 
जिल्ला सुरक्षा समिति सप्तरीको मिति २०८२/०५/२९ गते बसेको बैठकको निर्णय  अनुसार कर्फ्यु आदेश गरिएको जानकारी गराउँदै आदेश उल्लंघन गरे/ गराएमा कानून बमोजिम कडा कारबाही हुने प्रजिअ टुवराज पोखरेलद्वारा जारी सूचनामा चेतावनी दिइएको छ । 
कर्फ्यु कारागार कार्यालयको चौतर्फी, पूर्व, पश्चिम,उत्तर र दक्षिण ५०/५० मीटर सीमाना निर्धारण गरिएको सप्तरी प्रमुख जिल्ला अधिकारी पोखरेल बताए । 
उनले जनतालाई प्रशासनको निर्देशन अनुसार अनावश्यक आवतजावत नगर्न र नियम पालना गर्न आह्वान गरेका छन्। प्रशासनले  कर्फ्यु समयमा विशेष सतर्कता अपनाउने र सुरक्षा सुनिश्चित गर्न विभिन्न निकायमार्फत निगरानी राख्ने उनले बताए ।