• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमत पार्टीले फिर्ता बोलाए मुख्यमन्त्री तथा मन्त्री

जनमत पार्टीले फिर्ता बोलाए मुख्यमन्त्री तथा मन्त्री
न्यूज टुडे
राजविराज, २८ भदौ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा नदिएको विषय चर्चामा आएको बेला जनमत पार्टी मधेस प्रदेश संसदीय दलको कार्यालयले आफ्ना मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाएका छन् । संसदीय दलका नेता महेश प्रसाद यादवले शनिबार सरकारल्लाई दिएको समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्री फिर्ता बोलाएको पत्र सार्वजनिक गर्दै यस्तो  जानकारी गराएका हुन् । 
नेता यादवले आफ्नो सामाजिक संजाल मार्फत मधेस प्रदेश प्रमुखको कार्यालयलाई लेखेको पत्र सार्वजनिक गर्दै यस्तो जानकारी गराएका छन् ।
“हाम्रो दल जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता साथै मुख्यमन्त्री, मन्त्रीलाई फिर्ता बोलाएको जानकारी सहित निवेदन गर्दछौं ” प्रदेश प्रमुखलाई नेता यादवले सम्बोधन गरी लेखेको पत्रमा उल्लेख छ ।
यसअघि मुख्यमन्त्री सिंहले बोली फेरेको भन्दै विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा राजिनामाको विषय चर्चामा आएको थियो । 
जेनजी आन्दोलन उग्र बनेपछि मुख्यमन्त्री सिंहले भदौ २४ गते सामाजिक संजालमा स्टाटस लेख्दै मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए ।  जनमत पार्टीको नेतृत्वमा मधेस प्रदेश सरकार रहेका थिए ।  सिंहको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले योजना विक्री गर्ने गरेको भन्दै निकै आलोचना समेत खेप्दै आएका थिए ।