न्यूज टुडे
राजविराज, २८ भदौ ।
जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति चोरी, लुटपाट तथा तोडफोड, आगजनी हुनथालेपछी सप्तरी प्रशासनले लगाएको कर्फ्यु ५ दिनपछि हटाइएको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले शनिबार एक सूचना जारी गर्दै शनिबार १० बजेदेखि लागू हुने गरि निषेधाज्ञा तथा कर्फ्यु हटाइएको जनाएको हो ।
‘मिति २०८२/०५ / २८ गते बसेको जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार शनिबार विहान १० बजेदेखि कर्फ्यु तथा निषेधाज्ञा हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गर्दछु।’ प्रजिअ पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार सूचना निकाल्दै शनिबार विहान ०८ बजेदेखि साँझ ०५ बजेसम्म निषेधाज्ञा तथा साँझ ०६ बजेदेखि आइतबार विहान ०६ बजेसम्म कर्फ्यु जारी रहने जनाएको थियो ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था सुधार हुदै गएकोले कर्फ्यु हटाइएको प्रजिअ पोखरेल जानकारी दिए ।