• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज कारागारबाट भागेका एक कैदी मृत भेटियो

राजविराज कारागारबाट भागेका एक कैदी मृत भेटियो
न्यूज टुडे
राजविराज,२८ भदौ । 
जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका १० स्थित  सन्तपुर निवासी बर्ष ४० को संतोष तामाङ झुन्डिएको अवस्थामा मृत भेटिएको हो ।
राजविराज कारागारबाट गत भदौ २५ गते फरार रहेका तामाङलाई सप्तरीको राजगढ गाउँपालिका ३ स्थित नर्घोमा झुन्डिएको अवस्थामा शनिबार विहान मृत भेटिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
मृतक तामाङको शव स्थानीय मुचुल्कासहितको कानूनी प्रक्रिया पूरा गरि परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको तथा आफन्तहरुसंग सम्पर्क गर्ने  कार्य भइरहेको  डिएसपी बस्नेतले बताए । 
तामाङ कर्तव्य ज्यान मुद्दामा २०७५ सालदेखि राजविराज कारागारमा जेल जीवन विताइ राखेका थिए । २५ बर्ष कैद सजाय तोकिएका तामाङले ७ बर्ष जेल काटिसकेको प्रहरी प्रबक्ता डिएसपी बस्नेतले जानकारी दिए ।