• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति :  राष्ट्रपति पौडेलले गराए शपथग्रहण

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति :  राष्ट्रपति पौडेलले गराए शपथग्रहण
न्यूज टुडे
राजविराज, २७ भदौ । 
नेपाल सरकारको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सथपग्रहण गरेकी छन् ।  राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित एक समारोहका वीच राष्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गराएका हुन् । 
राजनीतिक सहमति जुटेसंगै शुक्रबार प्रधानमन्त्री नियुक्ति भएकी कार्कीले  शपथग्रहण गरेको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले  जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहण समेत गराएको उनले बताए। नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्  । जेनजी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै  सरकारको नेतृत्व गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । 
उक्त अवसर उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री सेनापती अशोकराज सिग्देल, विभिन्न कुटनैतिक नियोगका प्रतिनिधि, संबैधानिक निकायका प्रतिनिधि,जेनजीका प्रतिनिधि, विभिन्न मन्त्रालयका सचिव तथा उच्च पदस्थ व्यक्तित्वहरु , संचारकर्मीको उपस्थिति रहेको थियो । 
को हुन सुशीला कार्की ? 
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्  । उनले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गरेकी थिइन् । 
इमानदार, निष्पक्ष र साहसी न्यायाधीशका रूपमा चिनिने कार्की भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्ने र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने व्यक्तित्वको रूपमा परिचित छिन् ।
निडर स्वभाव र सरल जीवनशैली अपनाउने कार्की न्याय क्षेत्रमा स्वच्छ छविका रूपमा स्थापित व्यक्तित्व हुन् । 
उनको कार्यकालमा विभिन्न ठूला मुद्दाहरूमा ऐतिहासिक फैसला भएका थिए । जसमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक व्यक्ति विरुद्धका भ्रष्टाचार मुद्दामा कठोर निर्णय र तत्कालीन कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको आदेशलगायत छन् । 
कार्कीमाथि राजनीतिक शक्तिहरूले महाभियोग प्रस्तावसमेत ल्याएका थिए तर न्यायिक स्वतन्त्रताप्रतिको जनसमर्थनका कारण त्यो प्रस्ताव अघि बढेन । 
उनले आफ्नो कार्यकालमा जनतामाझ न्यायपालिकाको छवि पुनर्स्थापित गर्ने महत्वपूर्ण योगदान दिएकी थिइन् ।।