• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जेनजी आन्दोलनमा लुटिएका सामान फिर्ता गर्न आग्रह

जेनजी आन्दोलनमा लुटिएका सामान फिर्ता गर्न आग्रह
 न्यूज टुडे
राजविराज,२७ भदौ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले जेनजी आन्दोलनमा राजविराजका विभिन्न कार्यालयबाट लुटिएको सामान फिर्ता गर्न आग्रह गरेको छ । सप्तरी प्रशासद्वारा शुक्रबार एक प्रेस सूचना जारी गर्दै  जेनजी आन्दोलनका क्रममा लुटिएका सामान ७ दिनभित्र फिर्ता गर्न अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीद्वारा  जारी सूचनामा चोरी गरिएका र लुटिएका सरकारी कार्यालयका सामान ७ दिनभित्र फिर्ता गर्न भनेको  भनिएको छ । 
 जेनजी समूहद्वारा भदौ २४ गते गरिएको आन्दोलन/प्रदर्शनको क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान तथा कार्यालयहरुमा तोडफोड, आगजनी जस्ता आपराधिक गतिविधिहरु भएको र सोहि मौका पारी केहि ब्यक्तिहरुले कार्यालयका जिन्सी सामान, नगद रकम लगायतका सार्वजनिक सम्पति लुटपाट र चोरी गरी घरसम्म लगेका प्रमाणहरु सिसिटिभी फुटेज, टिकटक, फेसबुक लगायत अन्य संचार माध्यममा समेत स्पष्ट देखिएको सूचनामा उल्लेख छ ।
‘लुटिएको सम्पति तुरुन्तै यस जिल्ला प्रशासन कार्यालयमा सात दिन भित्र बुझाउन अनुरोध छ’ सूचनामा भनिएको छ, साथै निर्देशन अवज्ञा गरि लगिएको सम्पति फिर्ता नगरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने यसै सूचना मार्फत सचेत गराइन्छ ।’
 प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा समयभित्र सामान फिर्ता गरि सहयोग गर्न आग्रह गरिएको छ ।