• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो नाइन साइड फुटबल प्रतियोगिताको उपाधि पोखरियालाई 

दोश्रो नाइन साइड फुटबल प्रतियोगिताको उपाधि पोखरियालाई 
करुणा राई 
विरेन्द्र बजार, २७ भदौ । 
सप्तरीको रुपनी गाउँपालिका ५ स्थित मिलन चौकमा युनिटी एफसी विरेन्द्र बजारद्वारा  संचालित दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताको उपाधि सन्यासी युवा क्लब पोखरीयाले हात पारेको छ ।  शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक युनिटी एफसी विरेन्द्र बजारलाई  ०-३ गोलान्तरले पराजित  गर्दै पोखरीयाले उपाधि हात पारेको हो । 
उपविजेता टिमका कप्तानलाई पुरस्कार हस्तान्तरण गर्दै उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी । फोटो : न्यूज टुडे
दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको निर्धारित ६० मिनेटको  खेलमा पहिलो हापको खेल अबधिमा दुबै टिमले गोल गर्न सकेन ।
दोश्रो  हापको दोश्रो मिनेटमा विजेता पोखरीया टिमका जर्सी नम्बर ८ का विसुन राईले १ गोल गरे भने , दोश्रो हापकै १९ औ मिनेटमा विजेता टिमको जर्सी नम्बर ५ का यूवराज थापाले १ गोल गरेर टिमलाई २ गोलले  अग्रस्थानमामा कायम राखी २७ औ मिनेटमा उनले नै १ गोल थपेर टिमलाई ३ गोलान्तरले  विजयी गराए ।
बेष्ट स्कोररको उपाधि ग्रहण गर्दै उपविजेता टिमका खेलाडी आयुष तामाङ । फोटो : न्यूज टुडे
दुबैटिम वीच कडा प्रतिस्पर्धा भएको खेलमा आयोजक युनिटी एफसी टिमको तर्फबाट कुनैपनि गोल गर्न नसकेको आयोजक समितिका राम बहादुर गोलेले  जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर विजेता टिम सन्यासी युवा क्लबका संदिप भट्टराई घोषित भए, भने बेष्ट स्कोलर  आयोजक युनिटी एफसी विरेन्द्र बजार (ए) टिमका आयुष तामाङ र उत्कृष्ट खेलाडी संदेश चौधरी घोषित भएका छन् ।
बेष्ट खेलाडीको उपाधि ग्रहण गर्दै उपविजेता टिमका खेलाडी संदेश चौधरी । फोटो : न्यूज टुडे
उनीहरुलाई च्याम्पियन शिल्ड प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।   
प्रतियोगितामा विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई एक समारोहका वीच पुरस्कार वितरण गरिएको छ । 
आयोजक समितिका अध्यक्ष वीर बहादुर मिरिङचिङको अध्यक्षतामा आयोजित समापन समारोहमा  प्रमुख अतिथि रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले  प्रतियोगिताका विजेता टिम सन्यासी युवा क्लब पोखरीयालाई २० हजार,२० रुपैया नगद पुरस्कासहित  शिल्ड, मेडल, प्रमाणपत्र  प्रदान गरि सम्मान गरे ।
बेष्ट गोलकीपरको उपाधि ग्रहण गर्दै विजेता टिमका खेलाडी संदिप भट्टराई । फोटो : न्यूज टुडे
यसैगरी  कार्यक्रमका विशिष्ट अतिथि रुपनी गाउँअपलिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले उपविजेता टिम युनिटी एफसी विरेन्द्र बजार (ए)लाई नगद १० हजार, १० रुपैया नगद पुरस्कारसहित  कप, मेडाल प्रमाणपत्र प्रदान गरिन । 
प्रतियोगिताको बेष्ट खेलाडी, बेष्ट स्कोरर र वेष्ट गोलकिपर तथा रेफ्रीहरुलाई समाजसेवी विष्णु थापा मगर, शुभनारायण यादव, पत्रकार महासंघ सप्तरीका सदस्य नर्मदेव यादव, विरेन्द्र बजार युवा क्लबका अध्यक्ष दिपेन्द्र कुमार यादवलगायतकाले शिल्ड, मेडल, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपनी गापा अध्यक्ष दिनेश कुमार यादव । फोटो : न्यूज टुडे
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष यादवले देशमा भएको भ्रष्टाचार विरुद्धको आन्दोलनमा कलिला जेनजीहरुले ज्यान गुमाएको प्रति गहिरो दुख व्यक्त गरे । आन्दोलनको क्रममा सहिद भएका जेनजीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । 
उनले रुपनी गाउँपालिकाको बारे भ्रम छरेर बदनाम गर्न केही समुह सक्रिय भएको भन्दै आफुलाई भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौती दिए ।  जेनजी समुहका खेलाडीहरुले खेल आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिदै खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य नर्मदेव यादव, शुभ नारायण यादव,  युवा नेताहरु कैलाश लौगी, रन्जीत भगतलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत आयोजक समितीका प्रकाश समाल मगरले गरे । 
भदौ १५ गतेदेखि संचालित प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,सन्जनदिप होस्पिटल राजविराज,,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा धिर युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १५ टिम सहभागी रहेको थियो ।