• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजनीतिक निकास राष्ट्रपतिको नेतृत्वमा हुनुपर्छ : आठ दल

राजनीतिक निकास राष्ट्रपतिको नेतृत्वमा हुनुपर्छ : आठ दल
न्यूज टुडे
राजविराज, २६ भदौ । 
बर्तमान राजनीतिक निकासका लागि हुने बार्ता तथा छलफल सितल निवास स्थित राष्ट्रपतिको प्रत्येक्ष नेतृत्वमा हुनुपर्ने माग गरिएको छ ।  सप्तरीका प्रमुख ८ दलको संयुक्त बैठकको निर्णय बिहीवार सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् । 
आठ दलले संयुक्त विज्ञप्ति जारी गर्दै बर्तमान संविधान अनुसार राष्ट्रिय राजनीतिको निकास दिनुपर्ने उल्लेख गरेको छ ।  कुनैपनि  प्रकारको तानाशाही क्रियाकलाप प्रतिगमनकारी हर्कत स्वीकार नहुने ८ दलले जारी गरेको विज्ञप्तिमा चेतावनी दिइएको छ । 
‘बर्तमान राजनीतिक निकासको लागि नेपाली सेनाको हेट क्वाटरमा होइन,सीतल निवासमा सम्माननीय रास्ट्रपति ज्यूको प्रत्येक्ष नेतृत्वमा हुनुपर्ने माग गर्दैछौं ।’ जारी विज्ञप्तिमा भनिएको छ । 
जेनजी उमेर समुहले पबित्र उदेश्य राखी गरेको आन्दोलनको उच्च सम्मान प्रकट गर्दै विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दै नि: शुल्क स्वास्थ्य उपचारको लागि जोडदार   माग गरिएको छ । 
विज्ञप्तिमा राष्ट्रियता,संघीयता,संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादप्रति प्रतिबद्धता जनाउँदै विभिन्न आन्दोलनको उपलब्धि रक्षा गर्न  समेत अपिल गरिएको छ । 
नेपाली काँग्रेसका सतन कुमार मण्डल, नेकपा एमालेका देवनाथ यादव,नेकपा माओवादी केन्द्रका सूर्यनाथ यादव,उमेश यादव, रास्वपाका अरुण देव,जसपा नेपालका लक्ष्मण यादव, जनमत पार्टीका रामगमन साह,  लोसपाका सुनिल कुमार झा र नेकपा एसका प्रताप नारायण चौधरीले  प्रेस विज्ञप्तिमा संयुक्त हस्ताक्षर गरेका छन् । 
 विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि हरेक प्रकारको प्रतिगमन विरुद्ध सम्पुर्ण युवा, विद्यार्थी,राजनीतिक दल,पत्रकार, नागरिक समाज,वकिल,शिक्षक, प्राध्यापक, कर्मचारी,व्यवसायी, मानवअधिकारकर्मी,विभिन्न संघसंस्था  तथा आम समुदायलाई संयमित भई  दवाव सिर्जना गर्न एकजुट हुन आव्हान गरिएको छ ।