न्यूज टुडे
राजविराज,२६ भदौ ।
सप्तरीमा कर्फ्युलाई निरन्तरता दिइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार एक सूचना जारी गर्दै कर्फ्युको समय थप्दै आदेश जारी गरेको हो।
जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुरक्षा सुनिश्चित गर्नका लागि चार किल्ला तोकी सो सीमाभित्र कसैले आवतजावत, जुलुस, सभा, बैठक वा कुनै प्रकारको प्रदर्शन गर्न नपाउने गरी कफ्र्यू लगाइएको छ ।
,कर्फ्यु बिहिवार विहान १० बजेदेखि वेलुका ५ बजेसम्म र वेलुका ७ बजेदेखि भोली विहान ७ बजे सम्म लागू रहनेछ, जारी सूचनामा उल्लेख छ ।
उत्तरमा उदयपुर जिल्ला, पूर्वमा सुनसरी जिल्ला, दक्षिणमा भारत सिमाना र पश्चिममा सिरहा जिल्लालाई सीमाना निर्धारण गरिएको सप्तरी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल बताए ।
उनले जनतालाई प्रशासनको निर्देशन अनुसार अनावश्यक आवतजावत नगर्न र नियम पालना गर्न आह्वान गरेका छन्। प्रशासनले कर्फ्यु समयमा विशेष सतर्कता अपनाउने र सुरक्षा सुनिश्चित गर्न विभिन्न निकायमार्फत निगरानी राख्ने सूचनामा जनाइएको छ ।
भदौ २४ गते ०३ :३० देखि जारी कर्फ्युलाई निरन्तरता दिइएको हो ।