न्यूज टुडे
राजविराज, २४ भदौ ।
‘सन्यासी युवा क्लब पोखरिया’ दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा कंकालिनी एफसी सितापुरलाई २-३ गोलान्तरले पराजित गर्दै पोखरीया फाइनल प्रवेश गरेको हो ।
रुपनी ६ स्थित युनिटी एफसी विरेन्द्र बजारको खेलमैदानमा सम्पन्न खेलको पहिलो हापको छैठो मिनेटमा कंकालिनी एफसीका जर्सी नम्बर १० का सुनिल दनुवारले १ गोल गरि टिमलाई अगाडि बढाए । पहिलो हापकै २० औं मिनेटमा सन्यासी युवा क्लबका जर्सी नम्बर ८ का भिसु राईले १ गोल गरि खेललाई बराबरीमा पुर्याएका थिए ।
दुबै टिम वीचको प्रतिस्पर्धात्मक खेलको दोश्रो हापको नवौं मिनेटमा पोखरियाका जर्सी नम्बर १० का अमन चौधरीले १ गोल थपेर टिमलाई २ गोलको अग्रता दिलाए । यसैगरी दोश्रो हापको २० औ मिनेटमा पोखरियाकै जर्सी नम्बर ५ का युवराज मगरले १ गोल गरेपछि पोखरीया ३ गोलले अगाडि भएको थियो । दोश्रो हापको २७ औं मिनेटमा कंकालीनी एफसीका जर्सी नम्बर ७ का कृष्णा चौधरीले १ गोल गरेपनि कंकालीनी २ गोलमा मात्र सिमित रहेको थियो ।
दुबैटिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० औ मिनेटको खेल अवधिमा कंकालिनी एफसीको तर्फबाट २ गोल मात्र फर्काउन सफल भएको आयोजक समितिका दिनेश चौधरीले जानकारी दिए ।
प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,सन्जनदिप होस्पिटल राजविराज,,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा धिर युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १५ टिम सहभागी रहेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबारको दोश्रो सेमिफाइनल खेल आयोजक युनिटी एफसी (ए) विरेन्द्र बजार र लालिगुराँश एफसी महुली मोहनपुर वीच अपराह्न ०४: ०० बजेदेखि सुरु हुने आयोजक समितिका आयूष तामाङले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार, शिल्ड मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १० हजार, कप, मेडाल प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रोहित मगरले जानकारी दिए ।