नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व सिंचाई मन्त्री उमेश यादवको गाडी जेनजी समुहका( युवाहरुको) ले तोडफोड गरिदिएका छन् । पूर्वमन्त्री यादवको बा.१६ च ६३३ नम्बरको स्करपियो गाडी ऊनीहरुले तोडफोड गरेका हुन् ।
पूर्व सिंचाइ मन्त्री यादवको गाडी गरिएको तोडफोड । फोटो : न्यूज टुडे
राजविराजस्थित यादवको घरमा पुगेर जेनजी समुहका युवाहरुले पूर्व सिंचाइ मन्त्री यादवको गाडी तोडफोड गरी गाडीको सबै सिसा फुटाई दिएको छ । युवाहरुले यादवको घरमा समेत ढु्ँगामुडा गरेका छन् ।
यसैगरी युवा समुहले जनता समाजवादी पार्टी सप्तरीको कार्यालयमा तोडफोड तथा आगजनी गरेको छ । जेनजी समुहले पार्टी कार्यालय प्रवेश गरि फर्निचर, कागजात लगायतका सामाग्री बाहिर निकालेर आगजनी गरेका छन् ।
यसैगरी युवाहरूले राजविराज नगरपालिकाको गाडीमा आगजनी गरेको छ भने कार्यालयमा ढुङ्गामुढा र तोडफोड गरेका छन् ।