• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उच्च अदालतका पाँच जना कर्मचारी सम्मानित

उच्च अदालतका पाँच जना कर्मचारी सम्मानित
न्यूज टुडे
राजविराज, २३ भदौ ।
उच्च अदालत  जनकपु-,राजविराजका बर्षभरी उत्कृष्ट काम गर्ने ५ जना कर्मचारी पुरस्कृत भएका छन् ।निजामती कर्मचारी दिवसको अवसरमा उच्च अदालत राजविराज जनकपुर इजलासद्वारा राजविराजमा सोमबार आयोजित एक समारोहका वीच ऊनीहरु पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुनेहरूमा इजलास अधिकृत विष्णु नेपाली,नायब सुब्बा द्वय श्री प्रल्हाद कार्की,माधव प्रसाद यादव,तामेलदार रामचन्द्र साह र कार्यालय सहयोगी पुटु कुमार सिंह छन् ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका बरिस्ठम् न्यायाधीश बामदेव ज्ञवालीले पुरस्कृत हुने पाँचै जनालाई जनही ५/५ हजार रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरेेर गरे ।
कार्यक्रममा बोल्दै वरिष्ठतम् न्यायाधीश ज्ञावालीले परिश्रम तथा इमानदारीताका साथ काम गरि मुस्कान सहित सेवा दिने कर्मचारीलाई अदालतले जहिले पनि आदर र सम्मान गर्दै आएको र यो निरन्तर भइरहने बताए ।
‘अदालतको कर्मचारी  जहिले पनि व्यवस्त हुनुपर्ने बाध्यता भएकोले उनीहरूमा धैैर्ययता दक्षता आवश्यक छ’ उनले भने, ‘कर्मचारीहरू कहिले पनि जिम्मेवारीबाट पन्छिन नहुने हुदैन, कर्तव्य पालन गर्ने कर्मचारी सधै उत्कृष्ट रहन्छन् ।’
कार्यक्रममा उच्च अदालतका रजिष्टार लोकनाथ पराजुलीले इमानदारीपूर्वक काम गर्ने कर्मचारीको अदालतले मूल्यांकन गर्ने बताए । उनले कर्मचारीहरूलाई इमानदारीपूर्वक काम गर्न आग्रह गरे ।
सोही दिवसको अवसरमा शनिबार उच्च अदालत राजविराज इजलास, सिराहा र सप्तरी जिल्ला अदालतका कर्मचारी बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा उच्च अदालत राजविराजका कर्मचारी टीम बिजयी भएका थिए । 
बिजयी खेलाडीहरूलाई ट्रफी सहित जनही एक – एक हजार नगद पुरस्कार अदालतले प्रदान गरेको रजिस्ट्रार पराजुलीले जानकारी दिए ।