• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आयोजक युनिटी एफसी विरेन्द्र बजार दोश्रो नाइन साइड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

आयोजक युनिटी एफसी विरेन्द्र बजार दोश्रो नाइन साइड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश
न्यूज टुडे
राजविराज, २२ भदौ । 
आयोजक युनिटी एफसी (ए)  विरेन्द्र बजार’ दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।  आइतबार सम्पन्न  तेस्रो क्वाटर फाइनल खेलमा जगमोहन एफसीलाई ०-३ गोलान्तरले पराजित गर्दै विरेन्द्र बजार सेमिफाइनल प्रवेश गरेको हो ।  
रुपनी ६ स्थित युनिटी एफसी विरेन्द्र बजारको खेलमैदानमा सम्पन्न खेलको पहिलो हापको ९ औ मिनेटमा  आयोजक टिमका जर्सी नम्बर १०  का पासाङ तामाङले १ गोल गरि टिमलाई अगाडि बढाए । 
 दुबै टिम वीचको प्रतिस्पर्धात्मक खेलको दोश्रो हापको १५ औ मिनेटमा  जर्सी नम्बर ११ का संदेश चौधरीले १ गोल थपेर टिमलाई २ गोलको अग्रता दिलाए । यसैगरी दोश्रो हापको २९ औ मिनेटमा जर्सी नम्बर १०  कै पासाङ तामाङले १ गोल गरेपछि विरेन्द्र बजार  ३ गोलले विजयी भएको थियो ।
दुबैटिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० औ मिनेटको खेल अवधिमा जगमोहन एफसीले कुनैपनी गोल फर्काउन नसकेको आयोजक समितिका राम बहादुर गोलेले  जानकारी दिए । 
प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,सन्जनदिप होस्पिटल राजविराज,,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा धिर युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १५ टिम सहभागी रहेका छन् । 
प्रतियोगिता अन्तर्गत सोमबारको खेल  सन्यासी युवा क्लब पोखरीया र  मुसहर्निया एफसी खडक नगरपालिका वीच अपराह्न ०४: १५ बजेदेखि  सुरु हुने आयोजक समितिका आयूष तामाङले जानकारी दिए । 
प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार, शिल्ड मेडल, प्रमाणपत्र  तथा उपविजेता टिमलाई नगद १० हजार, कप, मेडाल प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रोहित मगरले जानकारी दिए ।