• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अंकुरी महादेव मन्दिरमा १ सय ५ जनाले चढाए गंगाघाटकाे जल 

अंकुरी महादेव मन्दिरमा १ सय ५ जनाले चढाए गंगाघाटकाे जल 
रामनाथ यादव
राजविराज ,२२ भदौ ।
सप्तरीको महादेवा गाउँपालिका २ स्थित अंकुरी महादेव मन्दिरमा अगवानी गंगाघाटकाे जल लिएर काँवरियाले जल चढाएका छन् । अनन्त चतुर्दशीको अवसरमा शनिबार उनीहरुले अंकुरी महादेव मन्दिरमाजल चढाएका हुन्।
भारतकाे अगवानी गंगाघाटवाट ३ सय ५ किलोमिटरकाे दुरीवाट दस दिनसम्मको पैदल या गरि स्थानीय १ सय ५ जना काँवरियाले अंकुरी महादेव मन्दिरमा जल चढाएकाे मन्दिर विकास समितिका अध्यक्ष सूर्यनारायण अधिकारीले जानकारी दिए ।
यसैगरी सप्तकाेशी नदी तथा पाेखरीका जल लिएर भक्तजनहरु अंकुरी महादेव मन्दिरमा श्रद्वाभक्तीका साथ जल चढाएर पूजा गरी  विहानैदेखी भव्य मेलाकाे भिड लागेको उनले बताए । उनले भक्तजनहरुका लागि महादेवा गाउँपालिकाले विभिन्न सेवा सुविधाकाे व्यवस्था गरेको बताए ।
काँवरियाहरु र भक्तजनहरुका लागि  ठाउँ-ठाउँमा फलफूल ,सर्वत, खानेपानी , नि: शुल्क  स्वास्थ्य शिविर , भजन कीर्तन, सँधिया दर्शन, झाँकी प्रदर्शन एवम् नि:शुल्क भाेजनकाे  लगायतकाे व्यवस्था गरिएको मेला विकास  समितिका अध्यक्ष अधिकारीले वताए ।
अनन्त चतुर्दर्शीकाे अवसरमा भगवान् ब्राह्म ,विष्णु , महेशकाे मूर्तिकाे पूजापाठमा दूध,वेलपत्र,घ्यू ,भन्टाकाे भार र फूलपान , प्रसाद र अनन्त धागो चढाएर पूजापाठ गरिएकाे उनले जानकारी दिए ।
उनले भक्तजनहरुले भाकल गरेअनुसार मनकामना पूरा भएपछि वाजा,ढाेल,भजन किर्तन गर्दै दण्ड प्रणाम गरेर पूजापाठ गरिरहेको जानकारी गराए  । विभिन्न गाउँ- ठाउँ तथा भारतवाट पनि भक्तजनहरु अंकुरी महादेव मन्दिरमा जल चढाउन तथा मेला भर्न आउने गरेको मेला समितिले जनाएको छ ।
यहाँ विहान देखि साँझसम्ममा लगभग ११ हजार भक्तजनहरुले जल रिसाल , पूजापाठ एवम् दर्शन गरिएको मन्दिरका पुजारी बद्री गिरिले जानकारी दिए ।
यसैगरी सप्तरीको अंकुरी महादेव मन्दिरसहित वलुवाकाे भद्रेश्वरी , राजविराजकाे शिव मन्दिर ,शम्भुनाथकाे शम्भुनाथ मन्दिर, विरेन्द्र बजारको शिव शनि धाम , पाताेकाे डाकनेश्वरी , छिन्नमस्ताको महादेव मन्दिर लगायतमा पनि अनन्त चतुर्दशीको अवसरमा जल चढाएर पूजापाठ गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको स्थानीयले जनाएका छन् ।
भक्तजनको सुरक्षा र सुविधाका लागि स्थानीय स्वयंसेवक, युवाहरु र प्रहरी परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।