• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगामी असोज २२ देखि कार्तिक ६ गतेसम्म राजविराजमा तेस्रो सप्तरी महोत्सवको आयोजना हुने भएको छ ।
सप्तरी उद्योग बाणिज्य संघले आठ वर्षपछि यस्तो महोत्सवको आयोजना गर्ने भएको हो । स्थानीय उत्पादनको प्रचार प्रसार बजारीकरण तथा उद्योग व्यवसायको प्रोत्साहन र प्रदर्शन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक संघले शनिबार पत्रकार सम्मेलनको आयोजना मार्फत जानकारी दिएको छ । स्थानीय वस्तु तथा सेवाको एकीकृत रुपमा प्रदर्शनी गरी ग्राहकसित प्रत्यक्ष अन्तरक्रिया स्थानीयकला संस्कृतिको प्रबद्र्धन, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा अवसरको खोजी लगायतका गतिविधि महोत्सवका माध्यमबाट गरिने भएको छ । उद्योग व्यवसाय, ब्यापार बुझ्दै गएको सप्तरीमा यस प्रकारको कार्यक्रम आयोजना गरिनु अत्यन्त सकारात्मक पक्ष हो । पहिलो र दोस्रो महोत्सव सम्पन्न गरे पनि तेस्रो महोत्सव भने आठ वर्षको अन्तरालपछि मात्र हुने भएको छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकियो भने मात्र त्यो बढी प्रभावकारी रहने कुरामा दुई मत नहोला । उद्योग व्यसाय, कृषि, ब्यापार मात्र नभई सप्तरीमा विभिन्न प्रसिद्ध, धार्मिक स्थलहरु पनि रहेका छन् ।
महोत्सवका माध्यमले जिल्ला बाहिरका मानसिहरु पनि अवलोकनका लागि आकर्षित गर्न सकियो भने यसले पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्नेछ । आयोजक संस्था सप्तरी उद्योग बाणिज्य संघले आग्रह गरेझै महोत्सवको सफलताका लागि सबै पक्षको सहयोग अपेक्षित छ ।