• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ताेपा पशुहाटकाे ठेक्का नलग्दा लाखौ आम्दानी अलपत्र 

ताेपा पशुहाटकाे ठेक्का नलग्दा लाखौ आम्दानी अलपत्र 
रामनाथ यादव
राजविराज ,  २१ भादाै । 
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ८ स्थित ताेपा पशुहाट नेपाल र भारतकाे सीमावर्ती क्षेत्रमा समेत प्रसिद्व पशुहाट मध्ये एक हाट  हाे । याे हाट हप्ताको शुक्रबार लाग्ने  गरेको छ ।
 हाट बजार ठेक्का लगाउनु  पालिकाको दायित्व भित्र पर्छ। त्यसका लागि बोलपत्र ( टेण्डर ) आह्वान गरिन्छ । तर पालिकाले हाट बजार ठेक्का नलागोस् र  आफ्ना आसेपासेले रकम उठाएर हिनामिना गर्न पाइयोस् भन्ने नियत राखेर अमानतमा नै चलाउँदै आएकाे स्थानीयकाे आराेप रहेकाे  छ ।
 यहाँ पशु खरिद विक्रीका लागि काठमाडौ  ,पाेखरा,भैरहवा ,विरगंज,सिरहा,सुनसरी लगायत स्थानवाट ठूला व्यापारीहरु आउने गर्दथ्याे । हरेक हाटमा ५ देखि १५ वटासम्म ठूला ट्रकमा भैंसी रांगाहरुकाे खरिद विक्री हुने गर्दथ्यो । तर पालिकाले दुई वर्ष देखि अमानतमा पशुहाट चलाउँदै आएकाे कारण हटियाकाे अवस्था दिनप्रतिदिन कमजोर हुदै गएकाे र  व्यापारीहरुकाे व्यापार चाैपट हुँदै गएकाे स्थानीय व्यापारी चनरदेव यादवले वताए ।
आर्थिक वर्ष २०७९/२०८० मा ४४ लाखमा पशुहाट ठेक्का पछि आर्थिक वर्ष २०८०/ ०८१ र २०८१/८२ समाप्त भएकाे झण्डै दुई वर्ष दुई महिना वित्न लागेपनि ठेक्का लगाउँन नसकेको हाे । नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि असार मसान्तसम्म भित्रै ठेक्का लागिसक्नुपर्नेमा हालसम्म गाउँपालिकाकाे मिलेमतोमै ठेक्का नलागेको स्थानीयले जनाएको छ । निर्धारित समयकाे दुई महिना वित्न लागेपनि हटियाकाे टेण्डर गर्न नसक्नु पालिकाकाे लापरबाही हाे । हाल सम्म ठेक्का नलाग्दा आम्दानीमा कमी आएकाे कर्मचारीले स्वीकार गरे ।
पशुहाटकाे टेण्डर भएपछि गाउँपालिकाकाे स्वीकृत लिएर रसिद काटने प्रवधान रहेकाे छ । तर हटिया ठेक्का नलागेका कारण अहिले पालिकावाट नै रसिद छपाएर पशुचाैपया विक्रीकाे रसिद  काटने गरेकाे छ । काटने गरेकाे रसिदमा व्यापक धाँधली भैइरहेकाे स्थानीयकाे आराेप रहेकाे छ ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलका अनुसार हटिया लगाउनु उपाध्यक्षकाे जिम्मेवारी रहेकाे बताउँदै जिम्मेवारीबाट पन्छिनु खोजे ।
 पालिका भित्र रहेकाे विभिन्न हटियाहरुकाे पनि यस्तै अवस्था रहेकाे छ । पालिकाकाे आम्दानीकाे श्रोत हटियावाट उठेकाे कर , राज्स्व नै हाे । यी सवै दाेष उपाध्यक्षकाे नै रहेकाे अध्यक्ष मण्डलको आराेप रहेकाे छ । 
उपाध्यक्ष  फुल कुमारी साहलाई फाेन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
गाउँपालिकाकाे कर्मचारीले प्रत्येक हाटवाट ३ हजार ५ सय देखि ४ हजार ५ सय रुपैयाँ सम्म उठने गरेको तेपाका वडा सचिव सन्तलाल मण्डलले वताए । त्यही हटिया ठेकेदारले हटिया पिच्छे ७० हजार देखि लाख रुपैयाँ सम्म रकम उठाउँने गर्थे ।
पशुहाट ठेक्का नलगाएर  अमानतबाट हटिया चलाउँदा  व्यापार चाैपट भैइसकेकाे स्थानीय सफिक मंसुरीले वताए । तीन वर्ष अगाडि ४४ लाखमा  हटिया ठेक्का लागेका थिए । तर दुई वर्ष देखि गाउँपालिकाले आमानतमा नै हटिया चलाउँदै आएका छन् । अमानतमा  चलाउँदा हटिया व्यापारीहरुकाे व्यापार पनि कमजोर हुदै गएकाे स्थानीयले वताए । 
आमानतमा चलाउँदै आएका पशुहाट उठाएकाे करले पालिकालाई घटा व्याेहाेर्नुपर्ने अवस्था आएकाे स्थानीय रामलखन यादवले वताए । पालिकाका कर्मचारीले मात्र हटिया पिच्छे ७० हजार देखि एकलाख रुपैया सम्म व्यवसाय कर उठाउने गरेका छन ।
 यहाँ पशु खरिद गर्न राजधानी काठमाडौ ,पाेखरा,भैरवा,विरगंज,सुनसरी आदि स्थानवाट ठूला व्यापारीहरु आउँछन भने कृषि तथा घरेलु पशुपालनका लागि सिरहा ,सुनसरी ,माेरङ र  भारतीय सिमावर्ति क्षेत्रका किसानहरु आउँछन् । तिलाठी काेइलाडी गाउँपालिकाले ताेपा पशुहाटकाे प्रत्येक वर्ष ठेक्का लगाउने गर्दछ भने ताेपा पशुहाटवजारकाे  व्यवस्थापन पालिकाले हेर्ने गर्दछ । 
ठेक्कावाट आउने रकम मध्ये मावि ताेपामा र पशुहाटकाे विकासमा ५०% रकम खर्च गरिन्छ । प्रत्येक वर्ष लगाउने पशुहाट ठेक्का चालू आर्थिक वर्ष २०७९/ ०८० मा स्थानीय भगवानलालले लिएरका थिए । ताेपा पशुहाट ठेक्काका लागि गरिदै आएकाे टेन्डर मध्ये सवै भन्दा वढी रकम कवुल गर्ने यादवले ३१ लाख १ हजार एक रुपैयाँ टेन्डर लिएका थिए । 
हटिया आर्थिक मन्दीको असर ठूला व्यापारिमा मात्रै होइन साना व्यापारी साना-साना पान पसल देखि खाना हाेटल पनि देखिन थालेको छ । पराल र गाेवरकाे गाेइठा वेचेर स्थानीयहरुकाे घरपरिवार चल्दै आएका थिए ।   गाउँमा लाग्दै आएको पशु हाटबजारमा पहिलेजस्तो चहलपहल छैन । स्थानीय  अनुसार यसपालि दुई वर्ष यताकै कम किनबेच व्यापार भएको छ ।
 पहिला हाटमा किनमेल गर्न काठमाडौं , पाेखरा र भैरवा सम्मका ठुला-ठूला व्यापारी आउनेहरु धेरै थिए । गाउँघरमा भन्दा हाटबजारमा बढी मूल्यमा बिक्री गर्न सक्ने भएकाले किसानले पनि यही बजारमा राँगा, भैँसी, गाई र गोरुको खरिद बिक्री गर्दै आएका थिए । तर दुई वर्षयता आर्थिक मन्दी बढेसँगै  काठमाडौंका व्यापारी पशु हाट बजारमा आउन छाडेका छन् ।
आर्थिक मन्दीको असरले खरिद बिक्रीका साथै पुश चौपाया र किसानको संख्यामा समेत कमी आएकाले त्यसको प्रभाव पशु हाटबजारमा देखिन थालेको हो । तर आर्थिक मन्दीले खरिद र बिक्रीसँगै पशु पाल्ने किसान समेत घट्दै गएका छन् ।
अघिल्ला बर्षसम्म हाटबजारमा राँगा भैँसी र गोरु किन्नेहरुको ठूलो लाग्ने गर्थियो । तर यहाँ देखिएको आर्थिक मन्दीले पशु चौपाया खरिद बिक्रीसँगै हाट बजारहरुसमेत बन्द हुने अवस्थामा पुगेको स्थानीयले जनाएका छन् ।