• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोहनपुर दोश्रो नाइन साइड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

मोहनपुर दोश्रो नाइन साइड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश
न्यूज टुडे
राजविराज, २१ भदौ । 
लालिगुराँश एफसी महुली मोहनपुर’ युनिटी एफसी विरेन्द्रबजारद्वारा संचालित दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार सम्पन्न  दोश्रो क्वाटर फाइनल खेलमा शम्भुनाथ एफसीलाई १- ४ गोलान्तरले पराजित गर्दै  मोहनपुर  सेमिफाइनल प्रवेश गरेको हो ।  
रुपनी ६ स्थित युनिटी एफसी विरेन्द्र बजारको खेलमैदानमा सम्पन्न खेलको पहिलो हापको १५ औ मिनेटमा लालिगुराँश एफसीका जर्सी नम्बर ९  का मोहन भुजेलले १ गोल गरि टिमलाई अगाडि बढाए । पहिलो हापको ३० औं मिनेटमा शम्भुनाथ एफसीका  जर्सी नम्बर  १५ का शिवनन्दन सरदारले १ गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।पहिलो हापमै ३२ औ मिनेटमा मोहनपुरका  जर्सी नम्बर ९ कै मोहन भुजेलले दोश्रो गोल थपेर टिमलाई २ गोलले अग्रता दिलाए ।
 दुबै टिम वीचको प्रतिस्पर्धात्मक खेलको दोश्रो हापको खेलको २५ औ मिनेटमा मोहनपुरका  जर्सी नम्बर १० का रोहन लामाले १ गोल थपेर टिमलाई ३ गोलले अग्रता दिलाएका थिए भने खेलको २९ औ मिनेटमा जर्सी नम्बर १० का विशाल तामाङले १ गोल गरेपछि मोहनपुरले १-४ गोलले जित हाँसिल गरे । 
दुबैटिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० औ मिनेटको खेल अवधिमा शम्भुनाथ एफसीले १ गोल मात्र गर्न सफल भएको आयोजक समितिका राम बहादुर गोलेले  जानकारी दिए । 
प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,सन्जनदिप होस्पिटल राजविराज,,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा धिर युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १५ टिम सहभागी रहेका छन् । 
प्रतियोगिता अन्तर्गत आइतबारको खेल युनिटी एफसी विरेन्द्र बजार ( ए) र  जगमोहन एफसी वीच अपराह्न ०४: १५ बजेदेखि  सुरु हुने आयोजक समितिका आयूष तामाङले जानकारी दिए ।  
शनिबारको खेलमा पहिलो गोल गर्ने विजेता टिमका जर्सी नम्बर ९ का मोहन भुजेलले १ जोर  ग्रीप सक्स उपाहार पाएका छन् ।  निरज स्पोर्ट्स सेन्टर कठौनाका प्रोप्राइटर निरज गुप्ताले उक्त ग्रीप सक्स उपहार प्रदान गरेका हुन् ।
लालीगुराँश एफसी प्रथम नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताका फाइनल विजेता टिम हो ।  
प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार, शिल्ड मेडल, प्रमाणपत्र  तथा उपविजेता टिमलाई नगद १० हजार, कप, मेडाल प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रोहित मगरले जानकारी दिए ।