• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेसको संस्कृतिलाई सुगन्धित बनाउने र संरक्षण गर्ने काममा महिलाको भुमिका महत्त्वपूर्ण : पूर्व उपसभामुख देव 

मधेसको संस्कृतिलाई सुगन्धित बनाउने र संरक्षण गर्ने काममा महिलाको भुमिका महत्त्वपूर्ण : पूर्व उपसभामुख देव 
न्यूज टुडे
राजविराज,२१ भदौ । 
मधेस प्रदेशका पूर्व उपसभामुख उपमा देवले मधेसको संस्कृतिलाई सुगन्धित बनाउने र संरक्षण गर्ने काममा महिलाको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।  वागेश्वरी सेवा समिति महिला मंचद्वारा राजविराजमा शुक्रबार आयोजित जितीया मिलन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा बोल्दै  प्रमुख अतिथि पूर्व उपसभामुख देवले महिलाहरुकै कठोर त्यागले मधेसको संस्कृति विश्वमा परिचीत भएको बताइन् ।
‘तराई मधेसको संस्कृतिलाई विश्वमा परिचान गराउनु महिलाकै देन हो’ उनले भनिन्,’मधेसको संस्कृतिलाई सुगन्धित बनाउने र संरक्षण गर्ने काममा महिलाको भुमिका महत्त्वपूर्ण छ ।’ 
तराई मधेसका महिलाहरूले गर्ने व्रतहरू मध्ये कठोर व्रत जितिया सन्तान प्राप्ति तथा सन्तानको सुस्वास्थ्य  दीर्घायुको लागि परापूर्व कालदेखि महिलाहरूले लिदै आएका छन् ।
 जितीया व्रत अगाडि महिलाहरू एक जुटभएर जितीयाको महिमा गाउनेे, एक आपसमा रमाइलो गरेर सँगै बसेर रमाइलोले समाजमा आत्मियता कायम हुने जन विश्वास रहेको छ ।
महिला मंचको संयोजक प्रतिमा देपको अध्यक्षतामा आयोजित कार्यक्रममा बागेश्वरी सेवा समितिका संस्थापक अध्यक्ष इ. इन्द्र नारायण देव, वर्तमान उपाध्यक्ष योगेन्द्र देव, मिरा देव,कृतिनारनारायण देव,अधिवक्ता मनु खनाल, रिता देव,शिक्षिका चित्ररेखा देव लगायतले मन्तव्य व्यक्त गरे ।
वक्ताहरुले यस्ता किसिमका कार्यक्रमले चाँडपर्वलाई थप सवल बनाउन र सांस्कृतिक धरोहर जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।